भदौ ८, काठमाडौं | काठमाडौं महानगरले काठमाडौं मलपछि न्युरोडस्थित आरबी कम्प्लेक्स अगाडिको संरचना पनि भत्काउन सुरु गरेको छ । महानगरले डोजर चलाएर नक्सा पासबिना बनाइएको संरचना पनि महानगरपालिकाले भत्काएको हो ।
आजलाई काठमाडौं मल र आरबी कम्प्लेक्सको मात्र संरचना भत्काउने योजना महानगरको छ । महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । एक अध्ययनअनुसार काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत समस्या समाधान हुने देखाएको छ ।