१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमानको माहोल बनाउन काठमाडौंका संरचना भत्काइयो : केशव स्थापित

८ भाद्र २०७९, बुधबार १२:१५

भदौ ८, काठमाडौं | काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले कांग्रेस नेता प्रकाशमान सिंहले जित्ने माहोल बनाउन काठमाडौंमा संरचना भत्काउन थालिएको बताएका छन्। स्थापितले प्रकाशमानको माहोल बनाउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ अघिअघि लाग्ने र काठमाडौंका मेयर पछि लाग्ने भइरहेको बताए।

उनले बानेश्वर प्लाजाको संरचना भत्काएर र नर्भिक अस्पतालका संरचना हटाउन खोजेर प्रकाशमानका लागि माहोल बनाएको आरोप लगाएका हुन्। 

‘बानेश्वर, थापाथली भनेको प्रकाशमानको क्षेत्र हो,’ स्थापित भन्छन्, ‘दीपेन्द्रले जहाँ जहाँ भन्यो त्यहाँ भत्काउँदै हिँडेको छ। काठमाडौंमा यस्तो बनाउँछु, यसरी गर्छु भनेर प्लानिङसहित हल्ला गर्दै हिँडेको छ।’

स्थापितले दीपेन्द्रले आगामी चुनावका लागि तयारी गरेकोले आफूलाई फाइदा पुग्नेगरी संरचना भत्काउन थालेको बताए। 


‘दीर्घकालिन गर्ने भनेर गरेको छैन। नेपाली कांग्रेसको प्रवक्ता बनाएको छ। स्वतन्त्र मेयरको प्रवक्ता कांग्रेसको कसरी हुन्छ? धनपतिलाई किन हटाएको?,’ स्थापितले प्रश्न गरे। 

उनले बालेन्द्र शाहका गतिविधिले एउटा पार्टीको सेवा मात्रै गरेको बताए।

बानेश्वरमा दीपेन्द्र श्रेष्ठ बालेन्द्रको अघिपछि लागिरहेकोमा उनले आशंकाले हेरेका छन्।  

‘यो क्षेत्रमा प्रकाशमान आउने कि भनेर गरिएको प्रचार हो। भोट माग्न सजिलो होला भनेर गरेको हो। यो कुनै लङटर्मको लागि भएको होइन,’ उनले भने। 

अवैध संरचनाबारे न विरोध न समर्थन 

काठमाडौं महानगरले बुधबार काठमाडौं मलसहित आरबी कम्प्लेक्सका अवैध संरचना भत्काएको छ।  

स्थापितले काठमाडौं मलको पहिलो तल्ला आफ्नो पालामा पास भएको बताएका छन्। 

‘पहिलो तला मेरो पालामा पास भएको हो। त्यहाँको फस्ट फ्लोर पनि कार पार्क नै हो,’ उनले भने, ‘अहिले जाँदा ग्राउन्ड फ्लोर जुन बाहिर देखिएको छ त्यो कार पार्क भनेरै पास भएको छ। बिचमा मुद्दा चलेको पनि थियो।’

स्थापितका अनुसार लगभग ३ सय वटा जति पहिला कार पार्किङ भनेर स्वीकृति गरेको थियो। काठमाडौं मलकै फस्ट फ्लोर पनि ३ सय पसल छन्। त्यो नै कार पार्किङ भनेर पास भएको हो।

‘आरबी कम्प्लेक्स पनि मेरो पालामा गुठीसुठी लगायतका धेरै मान्छे मिलेर बनाएको कुरा हो। त्यहाँ बिजनेस गर्ने ठाउँ होइन,’ स्थापितले भने, ‘काम गरिरहेका छन्, मेरो विरोध पनि समर्थन पनि रहेन।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो