2026-09-19 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमानको माहोल बनाउन काठमाडौंका संरचना भत्काइयो : केशव स्थापित

भदौ ८, काठमाडौं | काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले कांग्रेस नेता प्रकाशमान सिंहले जित्ने माहोल बनाउन काठमाडौंमा संरचना भत्काउन थालिएको बताएका छन्। स्थापितले प्रकाशमानको माहोल बनाउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ अघिअघि लाग्ने र काठमाडौंका मेयर पछि लाग्ने भइरहेको बताए।

उनले बानेश्वर प्लाजाको संरचना भत्काएर र नर्भिक अस्पतालका संरचना हटाउन खोजेर प्रकाशमानका लागि माहोल बनाएको आरोप लगाएका हुन्। 

‘बानेश्वर, थापाथली भनेको प्रकाशमानको क्षेत्र हो,’ स्थापित भन्छन्, ‘दीपेन्द्रले जहाँ जहाँ भन्यो त्यहाँ भत्काउँदै हिँडेको छ। काठमाडौंमा यस्तो बनाउँछु, यसरी गर्छु भनेर प्लानिङसहित हल्ला गर्दै हिँडेको छ।’

स्थापितले दीपेन्द्रले आगामी चुनावका लागि तयारी गरेकोले आफूलाई फाइदा पुग्नेगरी संरचना भत्काउन थालेको बताए। 

‘दीर्घकालिन गर्ने भनेर गरेको छैन। नेपाली कांग्रेसको प्रवक्ता बनाएको छ। स्वतन्त्र मेयरको प्रवक्ता कांग्रेसको कसरी हुन्छ? धनपतिलाई किन हटाएको?,’ स्थापितले प्रश्न गरे। 

उनले बालेन्द्र शाहका गतिविधिले एउटा पार्टीको सेवा मात्रै गरेको बताए।

बानेश्वरमा दीपेन्द्र श्रेष्ठ बालेन्द्रको अघिपछि लागिरहेकोमा उनले आशंकाले हेरेका छन्।  

‘यो क्षेत्रमा प्रकाशमान आउने कि भनेर गरिएको प्रचार हो। भोट माग्न सजिलो होला भनेर गरेको हो। यो कुनै लङटर्मको लागि भएको होइन,’ उनले भने। 

अवैध संरचनाबारे न विरोध न समर्थन 

काठमाडौं महानगरले बुधबार काठमाडौं मलसहित आरबी कम्प्लेक्सका अवैध संरचना भत्काएको छ।  

स्थापितले काठमाडौं मलको पहिलो तल्ला आफ्नो पालामा पास भएको बताएका छन्। 

‘पहिलो तला मेरो पालामा पास भएको हो। त्यहाँको फस्ट फ्लोर पनि कार पार्क नै हो,’ उनले भने, ‘अहिले जाँदा ग्राउन्ड फ्लोर जुन बाहिर देखिएको छ त्यो कार पार्क भनेरै पास भएको छ। बिचमा मुद्दा चलेको पनि थियो।’

स्थापितका अनुसार लगभग ३ सय वटा जति पहिला कार पार्किङ भनेर स्वीकृति गरेको थियो। काठमाडौं मलकै फस्ट फ्लोर पनि ३ सय पसल छन्। त्यो नै कार पार्किङ भनेर पास भएको हो।

‘आरबी कम्प्लेक्स पनि मेरो पालामा गुठीसुठी लगायतका धेरै मान्छे मिलेर बनाएको कुरा हो। त्यहाँ बिजनेस गर्ने ठाउँ होइन,’ स्थापितले भने, ‘काम गरिरहेका छन्, मेरो विरोध पनि समर्थन पनि रहेन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै