१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थायी भिसा थप्दै अष्ट्रेलिया,वर्षमा करिब दुई लाखलाई पीआर दिने गृहकार्य

९ भाद्र २०७९, बिहीबार १२:२४

भदौ ९, काठमाडौं | अस्ट्रेलियाले स्थायी बसोबास भिसालाई वार्षिक २ लाख पुर्‍याउने योजना बनाएको छ। 

यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो। कोरोना महामारीले करिब दुई वर्ष अस्ट्रेलियाको सीमा बन्द हुँदा थुप्रै व्यवसायीक दक्ष कामदार अभाव भएकाले सरकारले पीआरको संख्या थप्न लागेको हो।


विशेष गरी आइटी, औद्योगिक, स्वास्थ्य, आतिथ्य र वृद्ध स्याहार क्षेत्रका कामदारहरू अस्ट्रेलियामा अभाव छ।

वृद्ध स्याहार केन्द्रमा कर्मचारी अभाव र यस क्षेत्रबाट बढ्दो कामदार पलायनपछि सञ्चालकले सरकारसमक्ष कामदारको माग गरेका छन्।

दक्ष आप्रवासी कामदार आगमनले यस्ता समस्या केही हदसम्म समाधान हुने उनीहरूले दाबी गरेका छन्।

स्वास्थ्य सेवा प्रणालीमा देखिएको समस्या समाधानका लागि नयाँ प्रकारको भिसा र स्थायीत्वको माध्यमले सहयोग गर्ने यस क्षेत्रका विज्ञहरू बताउँछन्।

‘कामदार अभाव पुरा गर्न अष्ट्रेलियामा थप अन्तर्राष्ट्रिय कामदार चाहिन्छ, यसका लागि विशेष भिसाको आवश्यकता देखिएको छ। कामदार र सिपको सुनिश्चितताका लागि खुला छौ’, रोजगार मन्त्री ब्रेन्डन ओ कोनरले भने, ‘विकासशील देशमध्ये अस्ट्रेलिया कामदार अभावको हिसाबले दोस्रो नम्बरमा भएको आर्थिक सहयोग र विकास संगठनको प्रतिवेदनले पनि देखाएको छ, श्रम बजारमा सिप उपलब्ध गराउन सम्भव भएसम्मका उपायहरू अवलम्बन गर्नुपर्छ।’

कोरोना माहामारीका बेला सीमा बन्दले नयाँ आप्रवासी भित्रन नपाउँदा आप्रवासीको कुल संख्यामा नकारात्मक असर पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो