२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थायी भिसा थप्दै अष्ट्रेलिया,वर्षमा करिब दुई लाखलाई पीआर दिने गृहकार्य

२०७९, ९ भाद्र बिहीबार १२:२४

भदौ ९, काठमाडौं | अस्ट्रेलियाले स्थायी बसोबास भिसालाई वार्षिक २ लाख पुर्‍याउने योजना बनाएको छ। 

यसअघि १ लाख ६० हजार दक्ष जनशक्तिलाई अस्ट्रेलियाले वार्षिक स्थायी बसोबास अनुमति दिँदै आएको थियो। कोरोना महामारीले करिब दुई वर्ष अस्ट्रेलियाको सीमा बन्द हुँदा थुप्रै व्यवसायीक दक्ष कामदार अभाव भएकाले सरकारले पीआरको संख्या थप्न लागेको हो।


विशेष गरी आइटी, औद्योगिक, स्वास्थ्य, आतिथ्य र वृद्ध स्याहार क्षेत्रका कामदारहरू अस्ट्रेलियामा अभाव छ।

वृद्ध स्याहार केन्द्रमा कर्मचारी अभाव र यस क्षेत्रबाट बढ्दो कामदार पलायनपछि सञ्चालकले सरकारसमक्ष कामदारको माग गरेका छन्।

दक्ष आप्रवासी कामदार आगमनले यस्ता समस्या केही हदसम्म समाधान हुने उनीहरूले दाबी गरेका छन्।

स्वास्थ्य सेवा प्रणालीमा देखिएको समस्या समाधानका लागि नयाँ प्रकारको भिसा र स्थायीत्वको माध्यमले सहयोग गर्ने यस क्षेत्रका विज्ञहरू बताउँछन्।

‘कामदार अभाव पुरा गर्न अष्ट्रेलियामा थप अन्तर्राष्ट्रिय कामदार चाहिन्छ, यसका लागि विशेष भिसाको आवश्यकता देखिएको छ। कामदार र सिपको सुनिश्चितताका लागि खुला छौ’, रोजगार मन्त्री ब्रेन्डन ओ कोनरले भने, ‘विकासशील देशमध्ये अस्ट्रेलिया कामदार अभावको हिसाबले दोस्रो नम्बरमा भएको आर्थिक सहयोग र विकास संगठनको प्रतिवेदनले पनि देखाएको छ, श्रम बजारमा सिप उपलब्ध गराउन सम्भव भएसम्मका उपायहरू अवलम्बन गर्नुपर्छ।’

कोरोना माहामारीका बेला सीमा बन्दले नयाँ आप्रवासी भित्रन नपाउँदा आप्रवासीको कुल संख्यामा नकारात्मक असर पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा