2026-09-19 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटे भन्दै गर्लफ्रेण्डले छाडेपछि एक वर्षमै यस्तो शरीर !

भदौ १०, काठमाडौं | एजेन्सी | बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ ।

मोटोपनाकै कारण प्रेम तथा वैवाहिक सम्बन्धहरु समेत टुटेका विभिन्न समाचार बेलाबखतमा पढ्न पाइन्छ । हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

डेलीस्टारमा प्रकाशित समाचार अनुसार निकै मोटो जिउ भएकै कारण एकजना युवकलाई उनकी प्रेमिकाले छाडेकी थिइन् । मोटे भनेर गर्लफ्रेण्डले छाडेपछि ती युवकलाई पिर त पर्यो नै उनले उक्त शोकलाई शक्तिमा बदल्ने प्रण गरे ।

त्यसपछि उनले आफ्नो जिउको बोसोलाई यसरी घटाए कि झण्डै डेढ क्विन्टल तौल भएका ती युवक अहिले ६९ किलोका भएका छन् । गर्लफ्रेण्डको इखले झण्डै आधा शरीर घटाएका ती युवकको चर्चा सोसल मिडियामा चुलिएको छ ।

समाचार अनुसार पुवी नामका ती युवकलाई गतवर्ष उनकी प्रेमिकाले निकै मोटो भएको भनेर छाडेकी थिइन् । ब्रेकअपपछि पुवी केही दिनसम्म चिन्तामा डुबेर बसे । तर केही दिनमै उनले त्यो पीडालाई शक्तिमा बदले र आफुलाई तन्दुरुस्त राख्ने प्रण गरे । त्यसपछि उनले आफ्नो जिवनशैलीमा परिवर्तन गरे ।

आफ्नो शरीरको रुपान्तरणका बारेमा टिकटकमा एक भिडियो शेयर गरेका उनले आफ्नो वजन १ सय ३९ किलोबाट ६९ किलोमा झरेको उल्लेख गरेका छन् ।

भिडियोमा उल्लेख गरे अनुसार गर्लफ्रेण्डले छाडेको केही दिनमै उनी जिमखाना जान सुरु गरे । सुरुमा उनले शरीरको वजन कम गरे र त्यसपछि फिटनेस र लुक्समा मेहेनत गरे । केही महिनामा त उनले एब्स पनि बनाए ।

प्हिले ट्रिपल एक्स एल साइजका कपडा लाग्ने उनको शरीरमा अहिले एल साइजका कपडा फिट हुने पुवी बताउँछन् ।

ऋाफ्नो शरीरको यस्तो चामत्कारिक रुपान्तरणको श्रेय उनी कडा मेहेनत र आहारलाई दिन्छन् । उनले जिमखानामा व्यायाम गर्नुका साथै आफ्नो डाइटमा पनि ध्यान दिए । तौल नियन्त्रणका लागि खानेकुरामा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

उनले भोजनमा धेरै प्रोटिनयुक्त खानेकुरा खान्थे । हरिया सागपात, कुखुराको मासु, अण्डा, ब्रेड आदि उनको भोजनमा सामेल भए । गुलियो, चिल्लो तथा बढि क्यालोरीयुक्त खानेकुराहरुबाट उनी टाढै रहे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै