भदौ १२, काठमाडौं | काठमाडौं महानगरपालिकाले नगर प्रहरी खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ र सरकारी विद्यालयका आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने भएको छ ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यस पटकदेखि पाँच सय रुपैयाँ पुर्याइएको हो । नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताब भएको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।