भदौ १३, काठमाडौं | काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका छन् । अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको हो।
सुरज आर्केडको बेसमेन्टमा पसलहरु राखिएका छन् । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना दिएपनि सुरज आर्केडको व्यवस्थापनले आनाकानी गरेपछि महानगरले बेसमेन्ट खाली गर्न लागेको हो ।
महानगरले आइतबार भोटाहिटी-रत्नपार्कको अन्डरपासमाथि बनाइएका अवैध संरचना हटाएको थियो।