काठमाडौँ । नेपाल टेलिभिनबाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा धत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । नेपाल टेलिभिनबाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा धत"/>
४ बैशाख २०८२, बिहीबार
काठमाडौँ - KTM

हाँस्य टेलिश्रृंखला बन्द भईरहेका बेला नेपाल टेलिभिजनमा आउने भो ‘के जमाना आ ?’

२७ भाद्र २०७३, सोमबार १०:०१

काठमाडौँ । नेपाल टेलिभिनबाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा धतुरेको भुमिकामा प्रखर अभिनय गरेको हाँस्य अभिनेता सी.पी पुडासैनीद्वारा लिखित तथा निर्देशित मनोरञ्जनात्मक हाँस्य टेलिश्रृंखला “के जमाना आ” असोजको तेस्रो सातादेखी हरेका शनिबार राति ९: ३० बजेबाट प्रशारण सुरु हुने भएको छ । 

यो टेलिश्रृंखला नेपाल टेलिभिजनका लागि स्वर्णिम क्रियशनले प्रस्तुत गर्दै छ । “पविर्तनका लागि हासो” मुल नारा बोकेर हाँस्य ब्यंग्यको माध्यमबाट राष्ट्रिय लोक सस्ंकृति र मौलिकताको रक्षार्थ ब्यंग्य प्रस्तुत गर्दै जनचेतना फैलाउने प्रमुख उद्देश्यले तयार पारी प्रस्तुत गर्न लागिएको नेपालकै पहिलो जनचेतनामुलक हाँस्य टेलिश्रृंखला हुने निर्देशक पुडासैनीको दावी छ । 

करिव दुई बर्ष अघि एक्कासी भद्रगोलबाट हराएका चर्चित हाँस्य कलाकार सी.पी.पुडासैनी (धतुरे) यस टेलिश्रृंखलामा भने फरक भुमिकामा देखिदै छन । बजारमा धतुरेकै भुमिकामा आउने चर्चा चलिरहदा सी.पी.पुडासैनी भने नयाँ भुमिकामा देखा पर्दैछन । 

नक्कली बाबुरामको भुमिकामा ख्याति कमाएका ज्योति काफ्ले पनि दर्शकहरुमाझ फरक भुमिकामा देखा पर्दैछन । यस्तै शिरोमणी दवाडी, राधा श्रेष्ठ, शशिबिक्रम थापा, गोबिन्द प्रसाद खतिवडा, दिप्त प्रकाश काश्यप लगाएतका पुराना तथा नयाँ कलाकारहरुको बेजोड हाँस्य प्रस्तुति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ