१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितुवाको आक्रमणबाट आमाछोरा घाइते

१३ भाद्र २०७९, सोमबार ११:०९

भदौ १३, काठमाडौँ | तनहुँमा चितुवाको आक्रमणबाट आमा र छोरा घाइते भएका छन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने ४९ वर्षीया दिलमाया गुरुङ र उहाँको ९ वर्षीय छोरा शङ्कर गुरुङ घाइते हुनुभएको हो ।

सव डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोइराला आइतबार राति  साढे १२ बजे घरको पिढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको बताउनुभयो ।

चितवाको आक्रमणबाट घाइते हुनुभएको आमा दिलमाया र छोरा शङ्करको दमौली अस्पतालमा उपचार भइरहेको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

घाइते आमाछोरा स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको वडा सदस्य गोकुल दुराले जानकारी दिनुभयो ।

हाल तनहुँमा नरभक्षी चितुवाको निरन्तर आक्रमण गरिहेको छ ।

बन्दीपुर गाउँपालिका–१ मा दुई महिनाको अवधिमा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् भने एक बालकको मृत्यु भइसकेको छ ।

बुधबार साँझ मात्रै चितुवाले बन्दीपुर गाउँपालिका–१ को  उपल्लो फाँटमा सुवाश परियारको ३ वर्षीय छोरा शुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । बालकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, गत जेठ १० गते चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षीय छोरा सुप्रिप रिलामी मगर ज्यान गएको थियो ।

यसैगरी, दुई महिना अघि वडा नम्बर १ कै बाघदलेमा बस्ने ३४ वर्षीय हिमलाल गरन्जा मगर घरको पिढीमा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग