१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा सुन किन्ने बहानामा महिलाले साढे ५ तोला सुन लुटेपछि…

१६ भाद्र २०७९, बिहीबार ०६:२७

भदौ १६, काठमाडौँ |सुन किन्ने बहानामा साढे ५ तोला सुन लुटने महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्गोश्वर नगरपालिका–२ सुन्दरीजल नयाँपाटी स्थित नयाँपाटी स्थित सनराइज सुनचाँदी पसलमा सुन किन्न गएर दुईवटा सुनको सिक्री र ब्रसलेटर लुटेर भाग्ने ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । भदौ ९ मा साढे ५ तोला सुन लुटेर पठाओ चढेर भागेकी २३ वर्षीया ममता शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।


लुटमा संलग्न महिला पहिचान गरी भदौ १४ मा बुढानीलकण्ठ नगरपालिका स्थित कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सुन्दरीजल स्थित रन्जित सुनुवारको सुन पसलबाट लुटेको सुन उनले कपन खरिबोटमा रहेको टंक सुनचाँदी पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी वृत बौद्धको टोलीले चोरीको सुन किन्ने झापा घर भएका ४७ वर्षका टंक कालिकोटेलाई पनि पक्राउ गरेको छ । लुटेको सुनको सिक्री २ थान (३ तोला) र ब्रासलेट १ थान (साढे २ तोला) बरामद गरिएको प्रहरीले जनाएको छ । सुन लुटेपछि आरोपी बा.५१ प ५० नम्बरको पठाओ चढेर भागेकी थिइन् ।

पठाओबाट अनुसन्धान शुरु गरेर प्रहरी ममता शेर्पासम्म पुगेको थियो । सुन लुट्ने र किन्ने बिरुद्ध चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ