भदौ २७, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । <"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाको विकासका लागि सक्दो सहयोग गर्छुः उपराष्ट्रपति पुन

२७ भाद्र २०७३, सोमबार १३:१८

भदौ २७, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । 

जिल्लाको विकास निर्माणका लागि पहल गर्न आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटका अवसरमा उनले जिल्लाको सम्पूर्ण विकास निर्माणमा आफ्नो साथ हुने र आफ्नो ठाउँबाट पहल गर्ने बताए । 

रोल्पा विकासमा पछि परेको भए पनि पछिल्लो चरणमा विकास निर्माणको काम अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, “हामीले सोचेको जस्तो विकास हुन नसकेको सत्य हो, तर केही पनि नभएको पनि होइन, केही न केही विकास त भइनै रहेको छ । त्यसलाई थप गति दिन आवश्यक छ ।” 

उनले विकासका लागि भइरहेको प्रयासलाई सकारात्मक रुपमा लिँदै सबै राजनीतिक दल, सङ्घ संस्था एवम् जिल्लास्थित सरकारी कार्यालयको सकारात्मक पहलको आवश्यकता रहेको बताए । 

उपराष्ट्रपति पुनले विनियोजन भएको बजेट पनि खर्च हुन नसकेकामा चिन्ता व्यक्त गर्दैभने, “जिल्लामा प्रत्येक वर्ष बजेट फ्रिज भइरहेको छ । जिल्लामा पुगेको सबै बजेट खर्च हुनुप¥यो, त्यसका लागि साझा प्रयास गर्नुस्, मेरो तर्फबाट पूर्ण सहयोग र पहल हुन्छ ।” 

प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, रक्षा मन्त्री बालकृष्ण खाँडलगायतसँग भेटवार्ता गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ