भदौ १७, काठमाडौँ | लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा पहिरो खसेको हो।
वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ।
सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो।