प्रज्वल पौडेल | भदौ २७, रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको अग्नी परीक्षा सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल | भदौ २७, रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको अग्नी परीक्षा सु"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

प्रधानमन्त्री दाहालको अग्नी परीक्षा सुरु: एमाले वरिष्ठ नेता नेपाल

२७ भाद्र २०७३, सोमबार १५:१४

प्रज्वल पौडेल | भदौ २७, रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको अग्नी परीक्षा सुरु भएको बताउनुभएको छ । 

अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको ६ महिना पनि नहुँदै प्रधानमन्त्री दाहाल पुनः भारत जान लागेको भन्दै उहाँले प्रचण्डको अग्नी परीक्षाको नतिजा भारतबाट फर्कीएपछि थाहा हुने बताउनुभयो । एमाले रामेछापले सोमबार सदरमुकाम मन्थलीमा गरेको बृहत जनसभालाई सम्बोधन गर्दै नेता नेपालले अघिल्लो सरकारले घोषणा गरेको निर्वाचनको मिति सारेर बर्तमान सरकारले गल्ती गरेको उहाँको भनाई छ । आयोगले प्रस्ताव गरेको ५ सय ६५ गाउँपालीकाको संख्या कम हुने भन्दै नेता नेपालले यो संख्या बढाएर १ हजार ५ सयको हाराहारीमा पुर्याउनु पर्ने बताउनुभयो । नेकपा उहाँले गाउँपालीका स्थानीय सरकार भएकोले नागरिकले प्रत्यक्ष लाभ पाउने गरी धेरै संख्यामा बनाईनुपर्ने तर्क गर्नुभयो । जति सक्दो छिटो गाउँपालीकाको संख्या र सिमा निर्धारण गरी चुनावमा जानुपर्ने उहाँको भनाई छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले समयमा नै निर्वाचन सम्पन्न गरी प्राप्त उपलब्धिको सस्थागत गर्न नसके छिमेकी हस्तक्षेप बढ्ने बताउनुभयो । 

सरकारका मन्त्री नै फाष्ट ट्रयाक बनाउने जिम्मा भारतलाई दिनुपर्छ भनेर लागेको आरोप लगाउँदै नेता नेपालले काठमाडौँ तराई द्रुत मार्ग र निजगढ बिमानस्थल स्वदेशी लगानीमा निर्माण हुनुपर्ने बताउनुभयो । मध्यपहाडी लोकमार्ग र  राष्ट्रिय गौरवका अन्य महत्वपूर्ण आयोजना नेपाल आफैले समयमै बनानुपर्ने उहाँको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ