प्रज्वल पौडेल | भदौ २७, रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको अग्नी परीक्षा सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल | भदौ २७, रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको अग्नी परीक्षा सु"/>
2026-09-19 01:54 AM
काठमाडौँ - KTM

प्रधानमन्त्री दाहालको अग्नी परीक्षा सुरु: एमाले वरिष्ठ नेता नेपाल

प्रज्वल पौडेल | भदौ २७, रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको अग्नी परीक्षा सुरु भएको बताउनुभएको छ । 

अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको ६ महिना पनि नहुँदै प्रधानमन्त्री दाहाल पुनः भारत जान लागेको भन्दै उहाँले प्रचण्डको अग्नी परीक्षाको नतिजा भारतबाट फर्कीएपछि थाहा हुने बताउनुभयो । एमाले रामेछापले सोमबार सदरमुकाम मन्थलीमा गरेको बृहत जनसभालाई सम्बोधन गर्दै नेता नेपालले अघिल्लो सरकारले घोषणा गरेको निर्वाचनको मिति सारेर बर्तमान सरकारले गल्ती गरेको उहाँको भनाई छ । आयोगले प्रस्ताव गरेको ५ सय ६५ गाउँपालीकाको संख्या कम हुने भन्दै नेता नेपालले यो संख्या बढाएर १ हजार ५ सयको हाराहारीमा पुर्याउनु पर्ने बताउनुभयो । नेकपा उहाँले गाउँपालीका स्थानीय सरकार भएकोले नागरिकले प्रत्यक्ष लाभ पाउने गरी धेरै संख्यामा बनाईनुपर्ने तर्क गर्नुभयो । जति सक्दो छिटो गाउँपालीकाको संख्या र सिमा निर्धारण गरी चुनावमा जानुपर्ने उहाँको भनाई छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले समयमा नै निर्वाचन सम्पन्न गरी प्राप्त उपलब्धिको सस्थागत गर्न नसके छिमेकी हस्तक्षेप बढ्ने बताउनुभयो । 

सरकारका मन्त्री नै फाष्ट ट्रयाक बनाउने जिम्मा भारतलाई दिनुपर्छ भनेर लागेको आरोप लगाउँदै नेता नेपालले काठमाडौँ तराई द्रुत मार्ग र निजगढ बिमानस्थल स्वदेशी लगानीमा निर्माण हुनुपर्ने बताउनुभयो । मध्यपहाडी लोकमार्ग र  राष्ट्रिय गौरवका अन्य महत्वपूर्ण आयोजना नेपाल आफैले समयमै बनानुपर्ने उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई