१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

१९ भाद्र २०७९, आईतवार ०७:५७

भदौ १९, काठमाडौँ | स्याङ्जामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌ पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-८ का ४० वर्षीय गोपाल दमै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका हुन् ।

उनले श्रीमती ४२ वर्षीया मञ्जुलाई भदौ १४ गते कुटपिट गरी घाइते गराएको प्रहरीले दाबी गरेको छ ।

भदौ १४ मा गोपालले कुटपिट गरेर टाउकोमा समेत हिर्काएपछि गम्भीर घाइते भएकी मञ्जुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । 

उनलाई स्थानीयले उपचारका लागि जिल्ला अस्पताल लगेका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गण्डकी शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

मञ्जुको मृत्युपछि पक्राउ परेका पतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ