भदौ १९, काठमाडौँ | प्रहरीले ल्यापटप खरिद गर्ने बहाना बनाई ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ तौमडीका ३२ वर्षीय प्रविन किजु रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले पीडितलाई १ लाख ४८ हजार पर्ने एप्पलको म्याकबुक एयर खरिद गर्ने बहनामा खाली चेक दिएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।