१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१८ मा इपीएस पास गरेका झण्डै १४०० नेपाली कोरिया जान पाउने सम्भावना न्यून

२० भाद्र २०७९, सोमबार १२:०३

भदौ १९, काठमाडौँ | सन् २०१८ मा कोरियन भाषा (इपीएस) परीक्षा पास गरेकाहरू दक्षिण कोरिया जान पाउने सम्भावना निकै कम देखिएको छ । रोष्टर अवधि सकिएका उनीहरूलाई कोरियाले लैजाने सम्भावना निकै कम देखिएको हो । कोरोना महामारीका कारण २०१८ मा भाषा परीक्षा पास गरेका करिब एक हजार ४०० जना नेपाली कोरिया जान पाएका छैनन् । उनीहरूलाई कोरिया पठाउन सरकारले पहल गरिरहे पनि त्यसका लागि कोरिया सरकारले आफ्नो पोलिसी नै परिवर्तन गर्नुपर्ने हुन्छ ।


झापाको दमकका घनश्याम श्रेष्ठले इपीएस भाषा पास गरे पनि अहिलेसम्म जान नपाएको गुनासो गरे । अहिले पनि कोरिया जान पाइन्छ कि भनेर प्रतीक्षामा बसिरहेको उनको भनाइ छ । ‘हामीले २०१८ मा कोरिया भाषा परीक्षा पास गरेका थियौं । कोरोनाले गर्दा जान पाएनौं । हाम्रो भिजा सन् २०२१ मै सकिएको छ । अब जान पाइन्छ कि नाइँ ? हामीले अझै पनि आश गर्ने किन नगर्ने ?’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले यस विषयमा सरकारले पहल गर्दै आएको बताए । ‘हामीले कोरिया सरकारसँग पनि बारम्बार पहल गरिरहेका छौं । इपीएस पास गरेर, सिप सिकेर बस्नुभएको छ । उहाँहरुलाई लिईदिनुप¥यो भनेर हामीले आग्रह गरेका छौं । उताबाट जवाफ आएको छैन । हामीले ताकेता गर्ने काम गरिरहेका छौं,’ मन्त्री कुँवरले भने ।

नेपालले आफ्नो तर्फबाट बारम्बार ताकेका गरे पनि अर्काको देशको कुरा भएकाले कहिलेसम्म हुन्छ भन्न नसकिने उनले बताए । भाषा पास गरेकामध्ये ७० प्रतिशत युवा कोरिया गइसकेका छन् । तर, ३० प्रतिशत भने जान पाउने प्रतीक्षामा छन् । उनीहरूलाई पठाउने विषयमा नेपालले पहल गरे पनि उपलब्धिमुलक हुन सकेको छैन ।

वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०१८ मा भाषा पास गरेर जान नपाएकालाई कोरियाले लैजाने सम्भावना एकदमै न्यून रहेको बताए । इपीएस पास गरेका कामदारको रोष्टर अवधि २ वर्षको हुन्छ । त्यो अवधिभित्र कोरियाको रोजगारदाताले छानेनन् भने भाषा परीक्षा पास गरेर पनि जान पाउँदैनन् । उनीहरूको सवालमा रोजगारदाताले नछानेको निर्देशक कटुवालले बताए । ‘उनीहरू रोजगारदाताको छनोटमा नपरेपछि २ वर्षको अवधि सन् २०२० मै सकियो र, उनीहरू जान पाएनन्,’ निर्देशक कटुवालले भने ।

कृषि क्षेत्रका लागि छनोटमा परेकाहरू जान नपाएका हुन् । उत्पादन क्षेत्रका भने छनोटमा परेका सबै गइसकेका छन् । कोरियाले नेपालको लागि मात्र नीति परिवर्तन गर्न नसकिने जनाएको छ । नेपालबाट जान नपाएका कामदार लैजानु परेको खण्डमा कोरियाले आफ्नो नीतिमा परिवर्तन गर्नुपर्ने हुन्छ । तर, उनीहरूले नेपालको मात्र नीति परिवर्तन गर्न नसकिने र इपीएसमार्फ कामदार पठाउन १६ वटै देशको आवश्यक भएको खण्डमा परिवर्तन गर्न सकिने जवाफ नेपाललाई दिएको छ ।

कोरोना महामारीका कारण नेपालबाट मात्र नभई अन्य देशबाट पनि कामदार कोरिया जान पाएका छैनन् । यदि सबै देशबाट माग आएको खण्डमा मात्रै नीति परिवर्तन गर्ने जवाफ कोरियाले दिएको निर्देशक कटुवालको भनाइ छ ।

अहिले कोरियामा इपीएस मार्फत गएका ३३ हजार नेपाली कार्यरत छन् । नेपाल इपीएस मार्फत कोरिया कामदार पठाउने दोस्रो ठूलो मुलुक हो । यो सूचीको पहिलो नम्बरमा कम्बोडिया छ । निकट भविष्यमै नेपाल सबैभन्दा धेरै कामदार पठाउने मुलुक बन्ने निर्देशक कटुवालको भनाइ छ । सन् २००८ देखि इपीएस मार्फत नेपाल युवा रोजगारीका लागि कोेरिया जाने गरेका छन् । उनीहरूले त्यहाँ रहँदा ५ वर्षमा ४ वर्ष १० महिना काम गर्न पाउने गरेका छन् । नेपालबाट हरेक वर्ष उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्र गरी दुई क्षेत्रमा कामदार जाने गरेका छन् । -रातोपाटी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ