२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१८ मा इपीएस पास गरेका झण्डै १४०० नेपाली कोरिया जान पाउने सम्भावना न्यून

२०७९, २० भाद्र सोमबार १२:०३

भदौ १९, काठमाडौँ | सन् २०१८ मा कोरियन भाषा (इपीएस) परीक्षा पास गरेकाहरू दक्षिण कोरिया जान पाउने सम्भावना निकै कम देखिएको छ । रोष्टर अवधि सकिएका उनीहरूलाई कोरियाले लैजाने सम्भावना निकै कम देखिएको हो । कोरोना महामारीका कारण २०१८ मा भाषा परीक्षा पास गरेका करिब एक हजार ४०० जना नेपाली कोरिया जान पाएका छैनन् । उनीहरूलाई कोरिया पठाउन सरकारले पहल गरिरहे पनि त्यसका लागि कोरिया सरकारले आफ्नो पोलिसी नै परिवर्तन गर्नुपर्ने हुन्छ ।


झापाको दमकका घनश्याम श्रेष्ठले इपीएस भाषा पास गरे पनि अहिलेसम्म जान नपाएको गुनासो गरे । अहिले पनि कोरिया जान पाइन्छ कि भनेर प्रतीक्षामा बसिरहेको उनको भनाइ छ । ‘हामीले २०१८ मा कोरिया भाषा परीक्षा पास गरेका थियौं । कोरोनाले गर्दा जान पाएनौं । हाम्रो भिजा सन् २०२१ मै सकिएको छ । अब जान पाइन्छ कि नाइँ ? हामीले अझै पनि आश गर्ने किन नगर्ने ?’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले यस विषयमा सरकारले पहल गर्दै आएको बताए । ‘हामीले कोरिया सरकारसँग पनि बारम्बार पहल गरिरहेका छौं । इपीएस पास गरेर, सिप सिकेर बस्नुभएको छ । उहाँहरुलाई लिईदिनुप¥यो भनेर हामीले आग्रह गरेका छौं । उताबाट जवाफ आएको छैन । हामीले ताकेता गर्ने काम गरिरहेका छौं,’ मन्त्री कुँवरले भने ।

नेपालले आफ्नो तर्फबाट बारम्बार ताकेका गरे पनि अर्काको देशको कुरा भएकाले कहिलेसम्म हुन्छ भन्न नसकिने उनले बताए । भाषा पास गरेकामध्ये ७० प्रतिशत युवा कोरिया गइसकेका छन् । तर, ३० प्रतिशत भने जान पाउने प्रतीक्षामा छन् । उनीहरूलाई पठाउने विषयमा नेपालले पहल गरे पनि उपलब्धिमुलक हुन सकेको छैन ।

वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०१८ मा भाषा पास गरेर जान नपाएकालाई कोरियाले लैजाने सम्भावना एकदमै न्यून रहेको बताए । इपीएस पास गरेका कामदारको रोष्टर अवधि २ वर्षको हुन्छ । त्यो अवधिभित्र कोरियाको रोजगारदाताले छानेनन् भने भाषा परीक्षा पास गरेर पनि जान पाउँदैनन् । उनीहरूको सवालमा रोजगारदाताले नछानेको निर्देशक कटुवालले बताए । ‘उनीहरू रोजगारदाताको छनोटमा नपरेपछि २ वर्षको अवधि सन् २०२० मै सकियो र, उनीहरू जान पाएनन्,’ निर्देशक कटुवालले भने ।

कृषि क्षेत्रका लागि छनोटमा परेकाहरू जान नपाएका हुन् । उत्पादन क्षेत्रका भने छनोटमा परेका सबै गइसकेका छन् । कोरियाले नेपालको लागि मात्र नीति परिवर्तन गर्न नसकिने जनाएको छ । नेपालबाट जान नपाएका कामदार लैजानु परेको खण्डमा कोरियाले आफ्नो नीतिमा परिवर्तन गर्नुपर्ने हुन्छ । तर, उनीहरूले नेपालको मात्र नीति परिवर्तन गर्न नसकिने र इपीएसमार्फ कामदार पठाउन १६ वटै देशको आवश्यक भएको खण्डमा परिवर्तन गर्न सकिने जवाफ नेपाललाई दिएको छ ।

कोरोना महामारीका कारण नेपालबाट मात्र नभई अन्य देशबाट पनि कामदार कोरिया जान पाएका छैनन् । यदि सबै देशबाट माग आएको खण्डमा मात्रै नीति परिवर्तन गर्ने जवाफ कोरियाले दिएको निर्देशक कटुवालको भनाइ छ ।

अहिले कोरियामा इपीएस मार्फत गएका ३३ हजार नेपाली कार्यरत छन् । नेपाल इपीएस मार्फत कोरिया कामदार पठाउने दोस्रो ठूलो मुलुक हो । यो सूचीको पहिलो नम्बरमा कम्बोडिया छ । निकट भविष्यमै नेपाल सबैभन्दा धेरै कामदार पठाउने मुलुक बन्ने निर्देशक कटुवालको भनाइ छ । सन् २००८ देखि इपीएस मार्फत नेपाल युवा रोजगारीका लागि कोेरिया जाने गरेका छन् । उनीहरूले त्यहाँ रहँदा ५ वर्षमा ४ वर्ष १० महिना काम गर्न पाउने गरेका छन् । नेपालबाट हरेक वर्ष उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्र गरी दुई क्षेत्रमा कामदार जाने गरेका छन् । -रातोपाटी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै