हेम चन्द्र राई , युएई - दुबई , वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई आएका सिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई , युएई - दुबई , वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई आएका सिक"/>
२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिक्किमको ठिटो दुर्गा क्षेत्रीले ल्याउदै साङ्गितिक कोसेली “दसैं तिहार देउशी र भैलो”

२०७३, २८ भाद्र मंगलवार ०१:४१

हेम चन्द्र राई , युएई – दुबई , वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई आएका सिक्किमको ठिटो दुर्गा क्षेत्रीले नेपाली हिन्दु महान चाड बडादसैं र दिपावालीको शुभ अवसरमा " दसैं तिहार देउशी र भैलो " दोस्रो साङ्गितिक कोसेली एल्बम ल्याउन लागेका छन । जन्म भुमि सिक्किम भए पनि उनलाई पुर्खाको भाषा , सस्कार रितिरिवाज , रहनसहन सबै नेपाल प्रती नै तनमन रहेकोले यो दोस्रो साङ्गितिक कोसेली ल्याउन लागेको बताए ।

सङ्गीतको दुनियाँमा प्रवासमा रहेर पनि सिक्किममा , दार्जीलिङ , नेपालमा रहनुहुने र आफ्नो बिभित कारणवश वैदेशिक रोजगारीमा रहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीको कोसेली स्वरुप उनले यो पटक नेपाली हिन्दु धर्मवलम्भीहरुको महान पर्व बडादसैं र दिपावलीको अवसरमा दसैं तिहार देउशी र भैलो एल्बम ल्याउन लागेको बताएका छन । सिक्किम जन्म भुमी भए पनि आफ्नो पिताजि ओखलढुंगा ( बासबोटे ) जिल्ला बाट सिक्किम जानू भएको र नेपालको मायाले हाल उदयपुर कटरीलाई कर्मभुमि बनाए पनि नेपाली गित सङ्गीतलाई माया गरेको बताए ।

सिक्किम आमा भए पनि नेपाल आफ्नो बाबा रहेको बताउने दुर्गाले पहिलो एल्बम निर्दोष आधुनिक गीति सङ्गालो ल्याएका थिए । श्रोताले पहिलो एल्बममा रहेको गितहरु रुचाएकोले पुन उनले नयाँ दोस्रो एल्बम दसैं तिहार देउशी र भैलो एल्बम ल्याउन लगेका हुन । उनले निर्दोष एल्बमबाट आफ्नो शब्दमा रहेको गितमा आफ्नो लगानी साथै मोडलिङ पनि गरेकाछन । उनको पहिलो एल्बमको म्युजिक भिडियो मलेशियामा नै गराएका थिए । दोस्रो एल्बमको म्युजिक भिडियो युएई स्थित दुबईमा नै गर्ने लगेको र अब छिटै काम सक्ने बताएका छन ।

गित सङ्गीतको अलावा उनलाई सफल मोडलिङ बन्ने उच्च महत्वाकांक्षा समेत रहेको बताउने दुर्गा क्षेत्रीको यो दोस्रो एल्बममा रमेश बिक्रम रत्न लक्ष्मी परियार , झलक योगि र सिमा थापाको स्वर , लय रमेश बिक्रम रत्न , एरेन्जर सुन्दर लामा रहेको छ भने शब्द स्वयं आफ्नो रहेको छ । गितको रचनाकार संगै मोडल बन्ने अर्को उनको धोको हो । सिक्किम भारतमा परेपनि खासमा नेपालमय भएको बताउने दुर्गाले नेपाली सङ्गितको बजार नेपाल प्रवास सिक्किम बराबर रहेको जनाए । आफ्नो पुर्खाहरु वीर गोर्खालीको सन्तान भएकोले पनि नेपाली सङ्गीत आफ्नो सम्भव भए बलबुताले सकुन्जेल नेपाली सङ्गीतमा सदैव रहने धारणा ब्याक्ति गरेका छन । उनले आफ्नो यो दोस्रो एल्बमले अझै नेपाल नेपाली प्रवासमा रहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नौलो आयम थप्ने बिश्वास जाहेर गरे  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने