१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र लिङ्देनबारे माओवादी टिप्पणी–सदनको बोझ हट्यो, पहिल्यै राजीनामा आउनुपर्थ्यो

२१ भाद्र २०७९, मंगलवार ०९:५१

भदौ २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले राजेन्द्र लिङ्देनको राजीनामाले सदनको बोझ हटेकाे जनाएको छ।

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको राजीनामा पहिल्यै आउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको भदौ २१ गतेको बैठकमा लिङ्देनको नाम उल्लेख नगरी महतले यस्तो टिप्पणी गरेका हुन्।


“अस्ति मात्रै आफूलाई अब्बल, राष्ट्रवादी र खूब इमानदार ठान्ने तर सदनमा आक्कल–झुक्कल आउने, आउँदा पनि राजा-महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचो अर्थमा भन्नुपर्दा सदनका लागि बोझ जस्ता देखिने माननीयले राजीनामा दिएर यो सदनलाई हलुका महसूस गराउनुभएकोमा उहाँलाई धन्यवाद,” महतले भने, “पुनः सांसद भएर आएमा उहाँको भूमिका के हुने, त्यो हेर्न बाँकी नै छ। उहाँलाई केही भनेर बिदाइ गर्ने मन थियो, त्यो अवसर पाइएन।”

राप्रपा अध्यक्ष लिङ्देनले भदौ १९ गते प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ