१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपमेयर सुनिता डंगोलद्वारा आफ्नो एक सय दिनको काम सार्वजनिक

२२ भाद्र २०७९, बुधबार ०७:१७

भदौ २२, काठमाडौँ | काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो एक सय दिनको कामसँगै आउँदो योजना सार्वजनिक गर्नुभएको छ । उहाँले एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गर्नुभएको हो । 


यसबीचमा पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र  ५१ वटा विवाद निरुपण भएको उहाँले जानकारी दिनुभएको छ । महानगरपालिकाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने तथा समस्या बुझ्ने काम गरेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु भएको, वडास्तरीय महिला सेल गठन भएको, शिक्षा क्षेत्रमा सुधारको प्रयास भएको, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न पहल गरेको, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण सुरु गरेको, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता दिएको विवरण उहाँले सार्वजनिक गर्नुभएको छ । 

उपमेयर डंगोलले  करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारबाही अघि बढेको लगायतका योजनाबारे पनि जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट