१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्न्यापच्याटबाट डेट बलात्कारपछि ब्लक’

२३ भाद्र २०७९, बिहीबार ०५:०२

भदौ २३, काठमाडौँ | नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ। १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त गौशालामा मंगलबार सन्दीपविरुद्ध जाहेरी दिएका छन्। बलात्कारपीडित भनिएकी किशोरी स्याङ्जा आरुचौर गाउँपालिका घर भई हाल काठमाडौको बुढानीलकण्ठ नगरपालिकास्थित एक होस्टेलमा बसेर अध्ययन गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाहेरीमा घटना भदौ ५ गते भएको भनिएको छ। उक्त दिन सन्दीपले बहिनीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाउन लगेको र राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक जबर्जस्ती करणी गरेको पीडित भनिएकी किशोरीका दाजुले दिएको जाहेरीमा उल्लेख छ। यसरी जाहेरी आएपछि प्रहरीले बुधबारदेखि नै अनुसन्धान थालेको छ।

अनुसन्धानका क्रममा सबैभन्दा पहिले पीडित भनिएकी किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लगेर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।


प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पीडित किशोरीसँग सन्दीपको चिनजान उनकै साथीमार्फत भएको देखिएको स्रोतले जनाएको छ। त्यसपछि उनीहरू सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मा जोडिएका थिए। स्न्यापच्याटमा कुराकानी बढ्दै गएपछि आफूहरू ‘इन्स्टाग्राम’ र ‘ह्वाट्सएप’मा पनि जोडिएको ती किशोरीले बयान दिएकी छन्। तर बढीजसो कुराकानी स्न्यापच्याटमा नै गर्ने गरेको किशोरीले बताएकी छन्। सोही क्रममा सन्दीपले भदौ ५ गते ‘नगरकोट घुम्न जाऔं’ भनेर बोलाएको बयान दिएको प्रहरी स्रोतले बताएको छ।

कुराकानीपछि दुवैजना नगरकोट घुम्न निस्किएको किशोरीको दाबी छ। घुमघामका क्रममा सन्दीपले आफ्नै गाडीमा राखेर होस्टेलसम्म छाडिदिने भन्दै जानाजान ढिला गराएको किशोरीको आरोप छ। सोही क्रममा भक्तपुरमै हुँदा खाजा खाने बहानामा लठ्याउनेगरी नशा (मदिरा) सेवन गराएको आरोप किशोरीले लगाएको प्रहरी स्रोतको भनाइ छ।

किशोरीको आरोपअनुसार यसरी होस्टेल जान पनि ढिलो हुने भएपछि सन्दीपले नै ‘होटलमा बसौं’ भनेर प्रस्ताव गरेका थिए। जसमा किशोरीले ‘दुई कोठा बुक गर्न’ भनेकी थिइन्। तर सन्दीपले ‘होटल प्याक रहेको’ भन्दै ‘एउटै कोठामा बस्नुपर्ने’ बाध्यता सुनाएका थिए।

त्यसपछि दुवैजना सिनामंगलको शम्भु मार्गस्थित ‘काठमाडौं इन’ होटेलमा गएका थिए। त्यहाँ कोठा नम्बर ३०५ मा बसेको ती किशोरीले बताएकी छन्। नशाको अवस्थामा आफूलाई सन्दीपले पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ। त्यो रातपछि सन्दीपले आफूलाई स्न्यापच्याट, इन्स्टाग्राम र ह्वाट्सएप सबैतिर ‘ब्लक’ गरेको ती किशोरीको बयान छ। ब्लक गरिएपछि मानसिक रूपमा विक्षिप्त अवस्थामा आफू पुगेको, साथीलाई घटनाबारे सुनाएको र घटना बाहिर आएको किशोरीको भनाइ छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट