Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मास हिस्टेरिया’का कारण पठनपाठन प्रभावित

२०७३, २८ भाद्र मंगलवार ०३:११

भदौ २८, खोटाङ । छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि जिल्लाको एक विद्यालयको पठनपाठन प्रभावित भएको छ । 

विद्यालयमा अध्ययनरत छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि शारदा मावि हौंचुरको पठनपाठन प्रभावित भएको हो । 

कक्षा ६ देखि माथिका छात्रामा महिनादिन अघिदेखि उक्त लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बरुवालले जानकारी दिनुभयो । “सुरुमा कक्षा १० मा अध्ययनरत सविना बरुवाल र रक्षा कार्कीमा उक्त लक्षण देखिएको थियो”, उहाँले भन्नुभयो, “अहिले दैनिक १२ देखि १५ जना छात्रामा देखिन्छ ।” 

छात्रा बिरामी भएपछि महिनादिनदेखि पठनपाठनमा समस्या भएको विद्यालय परिवारले जनाएको छ । 

विद्यार्थीमा देखिएको लक्षणका बारेमा स्वास्थ्य उपचार गराउँदासमेत समाधान नभएको शिक्षकले बताएका छन् । छात्रा बिरामी हुने क्रम निरन्तर बढ्दै गएपछि उनीहरुका आफन्तले विद्यालयमै धामी राख्न दबाब दिने गरेको प्रअ बरुवालले बताउनुभयो । उहाँका अनुसार अभिभावकले उक्त क्षेत्रमा तान्त्रिक शक्ति रहेको र सोही कारण छात्रा बिरामी भएको भन्दै विद्यालयमा तत्काल धामी राख्न दबाब दिने गरेका छन् । 

उक्त विद्यालयमा अध्ययन गर्ने छात्रामा यसअघि २०६०/६१ मा पनि सोही किसिमको लक्षण देखिएको विद्यालय परिवारले जनाएको छ । उस बेला छात्रामा देखिएको लक्षण केही महिनापछि आफँै नियन्त्रणमा आएको थियो । शारदा मावि हौंचुरमा अध्ययनरत छात्रामा देखिएको लक्षण ‘मास हिस्टेरिया’ भएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । “उनीहरुमा देखिएको समस्याप्रति डराउनु पर्दैन”, उहाँले भन्नुभयो, “सामाजिक परामर्शकर्ताबाट परामर्श पाएपछि बिस्तारै ठीक हुँदै जान्छ ।” 

यसअघि जिल्लाको खार्मी, विजयखर्क, बाक्सिलालगायत गाविसका विद्यालयमा अध्ययनरत विद्यार्थीमा समेत यस प्रकारको लक्षण देखिएको थियो । ती विद्यालयमा देखिएको समस्या केही समयपछि नियन्त्रणमा आएको शिक्षकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश