२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मास हिस्टेरिया’का कारण पठनपाठन प्रभावित

२८ भाद्र २०७३, मंगलवार ०३:११

भदौ २८, खोटाङ । छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि जिल्लाको एक विद्यालयको पठनपाठन प्रभावित भएको छ । 

विद्यालयमा अध्ययनरत छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि शारदा मावि हौंचुरको पठनपाठन प्रभावित भएको हो । 

कक्षा ६ देखि माथिका छात्रामा महिनादिन अघिदेखि उक्त लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बरुवालले जानकारी दिनुभयो । “सुरुमा कक्षा १० मा अध्ययनरत सविना बरुवाल र रक्षा कार्कीमा उक्त लक्षण देखिएको थियो”, उहाँले भन्नुभयो, “अहिले दैनिक १२ देखि १५ जना छात्रामा देखिन्छ ।” 

छात्रा बिरामी भएपछि महिनादिनदेखि पठनपाठनमा समस्या भएको विद्यालय परिवारले जनाएको छ । 

विद्यार्थीमा देखिएको लक्षणका बारेमा स्वास्थ्य उपचार गराउँदासमेत समाधान नभएको शिक्षकले बताएका छन् । छात्रा बिरामी हुने क्रम निरन्तर बढ्दै गएपछि उनीहरुका आफन्तले विद्यालयमै धामी राख्न दबाब दिने गरेको प्रअ बरुवालले बताउनुभयो । उहाँका अनुसार अभिभावकले उक्त क्षेत्रमा तान्त्रिक शक्ति रहेको र सोही कारण छात्रा बिरामी भएको भन्दै विद्यालयमा तत्काल धामी राख्न दबाब दिने गरेका छन् । 

उक्त विद्यालयमा अध्ययन गर्ने छात्रामा यसअघि २०६०/६१ मा पनि सोही किसिमको लक्षण देखिएको विद्यालय परिवारले जनाएको छ । उस बेला छात्रामा देखिएको लक्षण केही महिनापछि आफँै नियन्त्रणमा आएको थियो । शारदा मावि हौंचुरमा अध्ययनरत छात्रामा देखिएको लक्षण ‘मास हिस्टेरिया’ भएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । “उनीहरुमा देखिएको समस्याप्रति डराउनु पर्दैन”, उहाँले भन्नुभयो, “सामाजिक परामर्शकर्ताबाट परामर्श पाएपछि बिस्तारै ठीक हुँदै जान्छ ।” 

यसअघि जिल्लाको खार्मी, विजयखर्क, बाक्सिलालगायत गाविसका विद्यालयमा अध्ययनरत विद्यार्थीमा समेत यस प्रकारको लक्षण देखिएको थियो । ती विद्यालयमा देखिएको समस्या केही समयपछि नियन्त्रणमा आएको शिक्षकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे