नन्दराम जैशी । भदौ २८, जुम्ला । जुम्लाबाट हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । 

नेपालगंज, सुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । भदौ २८, जुम्ला । जुम्लाबाट हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । 

नेपालगंज, सुर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाबाट १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात

२८ भाद्र २०७३, मंगलवार ०३:३५

नन्दराम जैशी । भदौ २८, जुम्ला । जुम्लाबाट हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । 

नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, धनगढि र काठमाण्डौँ लगाएतका जिल्लासम्म जुम्लाको स्याउ निर्यात भैरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार गतवर्ष जुम्लाबाट १४ करोडको स्याउ निर्यात भएकोमा यो वर्ष उत्पादनमा २५ प्रतिशतले कमी आए पनि राम्रो मूल्य पाएका कारण १६ करोडको निर्यात हुने अनुमान छ ।    

जुम्लामा अहिले ६० रुपैयाँमा स्याउ बिक्री भइरहेकोले १६ करोड निर्यात हुने अनुमान गरिएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार ८ सय ५० हेक्टर जग्गाबाट ३ हजार १ सय ६० टन स्याउ उत्पादन भएको छ । यस वर्ष स्याउ उत्पादन कम भएपनि मूल्य बढि भएकाले आम्दानि पनि बढि भएको कार्यालयले जनाएको छ ।  

जुम्लाबाट स्याउ निर्यातको क्रम जारी रहेकाले निर्यात दर अझै बढ्न सक्ने बताइएको छ । गतवर्ष ६० प्रतिशत स्याउ निर्यात भएकोमा यसवर्षको हालसम्म ५५ प्रतिशत स्याउ निर्यात भएको छ । असोजको पहिलो हप्तासम्म स्याउ विक्रि वितरण हुने भएकोले अझै निर्यात प्रतिशत बढ्न सक्ने बताइएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ