भदौ २५, काठमाडौं | प्रतिनिधि सभाको आजका लागि तोकिएको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक यही भदौ २९ गतेका लागि सरेको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए। “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ” सूचनामा उल्लेख छ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ।