भदौ २७, पर्सा | १० वर्ष निसन्तान एक महिलाले वीरगन्जको प्रभु हस्पिटलमा एकै पटक तीन जना शीशुलाइ जन्म दिएकी छिन्। प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवि थरुनीले एकैपटक ३ जना बच्चालाई जन्म दिनु भएको हो ।
१० वर्ष निसन्तानको पीरमा गुजारेकी थरुनीले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी हुन्। सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो। शल्यकृया गरेर तीनवटै बच्चा जन्माएकी हाल आमा र तीन जनै बच्चा सकुसल रहेको अस्पतालले जनाएको छ।