2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादमा बलिउड गायक जुबिन नौटियाल

भदौ २७, काठमाडौँ | बलिउडका प्रसिद्ध गायक जुबिन नौटियाल विवादमा तानिएका छन्। सो विवादका कारण उनको सांगीतिक कार्यक्रमसमेत रद्द भएको छ। सामाजिक सञ्जाल प्रयोगतकर्ता जुबिनविरुद्ध खनिएका छन्। ट्वीटरमा ‘अरेस्ट जुबिन नौटियाल’ ट्रेन्ड भइरहेको छ। त्यस ह्यासट्यागमा हजारौँ मानिसले जुबिनलाई पक्राउ गर्ने माग गरेका छन्।

विवाद हुनुको कारण पनि जुबिनको सांगीतिक कार्यक्रम नै हो। केही दिनअघि उनले आफ्नो ट्वीटर ह्यान्डलमा आगामी कन्सर्टको पोस्टर सेयर गरेका थिए। जसमा आयोजकको नाम ‘जय सिंह’ लेखिएको थियो। त्यही नामका कारण विवाद सुरु भएको हो।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार जय सिंह नामको त्यो व्यक्ति एक अपराधी हो। जसको खोजी भारतीय प्रहरीले गरिरहेको छ। कतिपयका अनुसार जय सिंहको वास्तविक नाम रेहान सिद्दिकी हो। जसलाई लागूऔषध तस्करी मामिलामा भारतीय प्रहरीले ३० वर्षयता खोजी गरिरहेको छ। 

सामाजिक सञ्जाल प्रयोगकर्ताले जुबिनमाथि देशद्रोहीद्वारा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन लागेको आरोप लगाएका छन्। अपराधीद्वारा आयोजित कार्यक्रममा सहभागी हुनु पनि अपराध रहेको भन्दै जुबिनलाई पक्राउ गर्ने माग सामाजिक सञ्जालमा उठेको हो।

विरोधकै कारण सो सांगीतिक कार्यक्रम रद्द भएको छ। गायकले पनि यसबारे प्रतिक्रिया जनाएका छन्। उनले ट्वीट गर्दै लेखेका छन्, ‘साथी र ट्वीटर परिवार, म आउँदो महिना छायांकनमा व्यस्त हुनेछु। यस्ता अफवाहको वास्ता नगर्नुहोस्। म आफ्नो देशलाई माया गर्छु र तपाईंहरूलाई पनि माया गर्छु।’

जुबिनले नेपाली फिल्म ‘प्रेम गीत ३’को हिन्दी संस्करणका लागि गीत गाएका छन्। फिल्मको ‘कोई ना कोई नाता है’ गीतमा जुबिनको स्वर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो