2026-07-27 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली र हिन्दी भाषामा एकैदिन रिलिज हुँदै ‘प्रेम गीत ३’

भदौ २७, काठमाडौँ | नेपालमा ‘प्रेम गीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि एकैदिन रिलिज हुने भएको छ। असोज ७ गते प्रदर्शन मिति तोकेको सो फिल्मको नेपालीसँगै हिन्दी भर्सन एकैदिन रिलिज हुने निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका हुन्।

केही समयअघि नै यस फिल्मको हिन्दी भर्सन नेपालमा पनि रिलिज गरिने चर्चा थियो। तर एकैदिन रिलिज गर्ने/नगर्ने विषयमा भने अन्यौलता नै थियो। अन्यौलताबिच सेनले फिल्म ‘प्रेमगीत ३’ लाई नेपालमा एकैदिन नेपालीका साथै हिन्दी भाषामा रिलिज गर्ने बताएका हुन्।

‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन गर्ने निर्णय गरेका छौँ। थप दर्शक, शुभचिन्तकको साथको अपेक्षा गरेका छौँ, उनले लेखेका छन।

स्वर्गीय छेतन गुरुङ र सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीपका साथै क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली