2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्डमा महिला ‘भ्याम्पायर’को चिहान भेटियो, घाँटीमा राखिएको थियो ठूलो हँसिया

September 12, 2022

भदौ २७, काठमाडौँ | पोल्याण्डमा पुरातत्वविदले १७ औँ शताब्दिको चिहान खनिरहेका थिए । यतिबेला उनीहरुले एउटा यस्ते चिहान भेटे जुन देखेर जिल खाए । यसमा एक महिलाको कंकाल थियो । उनको घाँटीको चारैतिर हँसिया लगाइएको थियो । यो राख्नुको उद्देश्य के थियो भने महिलाको मृत्यु भइसकेपछि पनि कथंकदाचित जिउँदो भएर उठ्न खोजिन् भने हँसियाले टाउको काटिएर पुनः मृत्यु होस् वा चोट लागेर उठ्न नसकून्  ।


यसबारे अनुसन्धान गर्ने पुरातत्वविद्को समुहका प्रमुख निकोलस कपरनिकस युनिभर्सिटीका प्राध्यापक डोरिज पोलेन्स्कीले दिएको जानकारी अनुसार उनको अगाडिको दाँत भ्याम्पायरको जस्तै तिखा थिए । त्यसैले पनि उनलाई ‘भ्याम्पायर’ भनिएको थियो ।  साथै, उनले सिल्क टोपी लगाउँथिन् । टोपीको रेशा उनको समाधिस्थलबाट भेटिएका छन् । हँसियालाई यसरी राखिएको थियो कि उनी केही गरी पुनः उठ्थिन् भने उनको टाउको काटिन्थ्यो वा घाँटीमा मज्जाले चोट लाग्थ्यो ।

स्मिथसोनियन म्यागजिनका अनुसार ११ औँ शताब्दिको कुरा हो जब पूर्वी युरोपका मानिसहरु भ्याम्पायरसँग डराउँथे । उनीहरु आफ्ना मृतक आफन्तको चिहानमा भ्याम्पायर विरोधी परम्पराको पालना गर्दथे । सामान राख्थे । पूजा इत्यादि गर्दथे किनभने त्यतिबेला केही मानिसहरुको मान्यता के थियो भने यी भ्याम्पायर मृत्युपछि पनि फर्किएर रगत पिउनका लागि मानिसलाई मार्नेछन् । त्यसैले उनीहरुको घाँटीको चारैतिर हँसिया राख्ने गरिन्थ्यो ।


१७ औँ शताब्दि आउँदा नआउँदै पूरा पोल्याण्डमा भ्याम्पायर ठानिने मानिसलाई गाड्ने बेला घाँटीको चारैतिर हँसिया राख्ने गरिन्थ्यो । यो परम्परा चलिरह्यो । प्राध्यापक डोरिज पोलिन्स्कीले कतिपय अवस्थामा यी हँसिया हात–खुट्टामा पनि राख्ने गरेको जानकारी दिए । शवलाई उल्टो पारेर गाड्ने प्रक्रिया पनि हुन्थे ताकि मुख खोल्दा माटो मात्रै खान सकिन्थ्यो । कि त उनीहरुलाई चिहानभित्र जलाइने गरिन्थ्यो । कतिपटक त भ्याम्पायर भनिनेहरुलाई ढुङ्गाले हानी हानी मारिन्थ्यो र गाडिन्थ्यो ।

यसबाहेक पोल्याण्डमा यस्ता थुप्रै चिहान भेटिएका छन् जसमा भ्याम्पायर विरोधी अन्य तरिका पनि उपयोग गरिएको छ । जुन महिला ‘भ्याम्पायर’ को कंकाल भेटिएको छ त्यसको घाँटी र खुट्टामा हँसिया लगाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ