2026-08-04 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्

भदौ २७, काठमाडौँ | धेरै फलफूल र तरकारीहरूमा बोक्रा हुन्छन् । हामी प्रायः यी बोक्रा निकालेर फ्याँक्छौँ । तर यस्ता केही तरकारीहरु पनि छन् जसको बोक्रा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्याज र लसुन पनि पर्छन् ।

हो, प्याज र लसुन मात्र होइन, यसका बोक्राले पनि धेरै समस्याको उपचार गर्न मद्दत गर्छ । प्याज र लसुनको बोक्राको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । प्याज र लसुनको बोक्राको फाइदाबारे थप जानकारी लिऔँ ।

प्याज र लसुनमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छन् । प्याज र लसुन खाँदा स्वास्थ्यका लागि थुप्रै फाइदा मिल्छ । प्याज र लसुनको बोक्रा शरीर दुख्दा वा चिलाउँदा प्रयोग गर्न सकिन्छ ।

मांसपेशीको दुखाइ कम

धेरैजसो मानिसले मांसपेशी दुख्दा पेन किलरको सेवन गर्छन् । तर यदि तपाईंले चाहनुभयो भने मांसपेशीको दुखाइ कम गर्न प्याज र लसुनको बोक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईं एउटा प्यानमा पानी लिनुहोस् ।

यसमा प्याज र लसुनको बोक्रा हालेर राम्ररी उमाल्नुहोस् । अब यो पानी छानेर पिउनुहोस् । प्याजको बोक्राले मांसपेशीको दुखाइ र क्र्याम्प कम गर्न मद्दत गर्दछ ।

चिलाउने समस्या हटाउन

शरीर वा छाला चिलाइरहने समस्या छ भने प्याज र लसुनको बोक्रा पनि प्रयोग गर्न सकिन्छ । विशेष गरी यी बोक्राले खुट्टा चिलाउने समस्याबाट राहत दिन्छ । यसका लागि प्याज र लसुनको बोक्रालाई पानीमा राम्ररी उमाल्नुहोस् । अब यो पानीमा आफ्नो खुट्टा राख्नुहोस् र केहि समयसम्म राख्नुहोस् । यसो गर्दा चिलाउने समस्याबाट धेरै हदसम्म आराम दिन्छ ।

अनिद्रा कम गर्न फाइदाजनक

आजकल मानिसहरुमा निद्रा नलाग्ने समस्या सामान्य बन्दै गएको छ । तनाव, चिन्ता र डिप्रेसनका कारण राति निन्द्रा नलाग्ने समस्या देखिन थालेको छ । यस्तो अवस्थामा पनि तपाईंलाई प्याज र लसुनको बोक्राले फाइदा पुर्याउन सक्छ ।

यसका लागि प्याजको बोक्रा र चियापत्तिलाई पानीमा हाल्नुहोस् । अब यसलाई उमाल्नुहोस् र छानेर पिउनुहोस् । तपाईंले यो चियालाई नियमित रुपमा सेवन गर्न सक्नुहुन्छ ।  यसले तपाईंको तनाव कम हुन्छ र निन्द्रा पनि मिठो पर्छ ।

कपालको लागि लाभदायक

प्याज र लसुनको बोक्रा पनि कपालको लागि उपयोगी साबित हुनसक्छ । वास्तवमा प्याजमा सल्फर हुन्छ, जुन कपालका लागि फाइदाजनक हुन्छ । यसका लागि प्याजको बोक्रालाई पानीमा उमालेर छान्नुहोस् । अब यो पानीलाई स्याम्पु लगाएर पखालिसकेको कपालमा हाल्नुहोस् । यसले तपाईंको कपाललाई पोषण दिनेछ र कपाल बलियो हुनेछ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन