भदौ २८, बैतडी । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुवर रहेका छन् । चक्कु प्रहारबाट घाइते कुँवरको जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, बैतडी । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुवर रहेका छन् । चक्कु प्रहारबाट घाइते कुँवरको जि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा चक्कु प्रहारबाट युवकको मृत्यु, तीनजना पक्राउ

२८ भाद्र २०७३, मंगलवार ०५:३५

भदौ २८, बैतडी । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुवर रहेका छन् । चक्कु प्रहारबाट घाइते कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रिफर गरिएको थियो । कुँवरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गएराति बाटोमै ज्यान गएको बताइएको छ । 

यसअघि घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको थियो । अपी नगरपालिका–५ छापरीको कोटमा देउडा खेलिरहेका बेला सोमबार दुई समूहबीच झडप भएको बताइएको छ । चक्कु प्रहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाँउकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिए । 

पक्राउ परेका तीनैजनाविरुद्घ कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ