भदौ २७, मुम्बइ | रणबीर कपुर र आलिया भट्टमुख्य भूमिकामा रहेको फिल्म‘बह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनकै कमाइबाट रेकर्ड बनाएको थियो। अहिले सप्ताहान्तमा सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको रेकर्ड बनाएको छ।
भारतमा बह्मास्त्रको पहिलो दिनको कमाइ ३६ करोड थियो भने पहिलो सप्ताहान्तमा १२५ करोड भारू कमाएको समाचारहरूमा जनाइएकाे छ। पछिल्लो ६ वर्षमै सप्ताहान्तमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यससँगै ग्लोबल बक्स अफिसमा फिल्मले २२५ करोड कमाइ सकेको छ। अयान मुखर्जीले बनाएको बह्मास्त्र ४१० करोडमा बनेको हो।
यसअघि सञ्जय दत्तको जीवनीमा आधारित रणवीरकै फिल्म ‘सञ्जु’ ले १२० करोड कमाएको थियो। ‘टाइगर जिन्दा है’ ले ११४ करोड कमाएको थियो भने सुल्तानले १०५ र दंगलले १०४ करोड कमाएको थियो।