२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो , भारतको निर्णयपछि अझै महँगिने

२०७९, २८ भाद्र मंगलवार ०५:३८

भदौ २८, काठमाडौँ | चामलको मूल्य भदौ लागेपछि प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् । 

भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘चामलको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढिसकेको छ, भदौदेखि नै मूल्य बढेको हो,’ अध्यक्ष श्रेष्ठले भने । यस्तै, खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य पनि चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन् । भदौ पहिलो साता नै चामलको मूल्य बढ्नुको कारण भारतले निर्यातमा कडाई गर्दैछ भन्ने अनुमानका आधारमा भएको बुझिन्छ ।


खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरू भइसकेको बताउँछन् । भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेको उनको भनाई छ ।

‘भारतमा बढ्ने वित्तिक्कै नेपालमा मूल्य बढ्छ, त्यसको गाली हामी खुद्रा व्यापारीले खान्छौं तर, मूल्यमा चलखेले गर्ने व्यापारीको संख्या २५ देखि ३० जनाको मात्रै छ,’ महासचिव तुलाधरले भने । भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता भने भारतले २० प्रतिशत कर बढाएपछि सोही अनुपातमा मूल्य बढ्ने बताउँछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन