१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीबाटै लुटिए उपत्यकाका व्यापारी, आईफोनको चोरीबाट खुल्यो यस्तो रहस्य…

२८ भाद्र २०७९, मंगलवार ०८:२२

भदौ २८, काठमाडौँ | उपत्यकामा लुट मच्चाएको आरोपमा नेपाल प्रहरीको पुर्व असीई र हवल्दार पक्राउ परेका छन् । नयाँ बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालित ‘केएस मोबाइल सप’मा आइतबार दुईजना ग्राहक मोबाइल किन्ने निहुँमा गए । फेसबुकमा बिक्रीमा राखेको मोबाइल हेरेर उनीहरू मोबाइल किन्न पुगेका थिए ।


कात्यानी चोक स्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा उनीहरूले अनलाइन बिक्रीमा राखेको मोबाइल मन परेन भन्दै नयाँ देखाउन आग्रह गरे । कपिलले आफैँले चलाएको मोबाइल देखाएर ‘यो मन पर्छ भने पनि लैजानु’ भने । उनीहरूले बिल देखाउन आग्रह गरे । कपिलले भने–‘विदेशबाट पठाइदिएको हो, बिल छैन ।’ त्यसपछि ती ग्राहकले भने–‘हामी प्रहरी हौँ, बिल बिनाको सामान बेच्ने ?’

कपिलले चलाएको र विक्रीमा राखेको सहित ३ वटा आईफोन लिएर उनीहरू हिँडे । मोबाइल लुटेर हिँड्नेमा सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय बाल सुन्दर सापकोटा र ४० वर्षीय अर्जुन कार्की थिए । बालसुन्दर पूर्व असई र अर्जुन पूर्व हवल्दार हुन् ।

पसलमा मोबाइल लुटपाट हुँदै गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव निरीक्षक (सई) मुन सापकोटा पसल बाहिर थिए । सई सापकोटाले रेकी गरेर पूर्व प्रहरीहरूले लुटेको अनुसन्धानबाट थाहा भएको छ । अपराध अनुसन्धान कार्यालयले लुटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

तर, लुटपाटको रेकी गरेको खुलेपनि अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले प्रनानी सापकोटामाथि अनुसन्धान अघि बढाएका छैनन् । केही दिनअघि मात्र सरुवा भएर अनुसन्धान कार्यालयमा गएका सापकोटा लुटपाटको घटनामा संलग्न देखिँदा विभागीय कारबाही हुनबाट समेत जोगिएपछि त्यहाँ कार्यरत प्रहरीहरु आश्चर्यमा परेका छन् ।

लुटेराहरूले नक्कली पेस्तोल समेत देखाए । सोह्रखुट्टेमा फोन गरेर उनले सोधे–‘बाल सुन्दर सापकोटा र अर्जुन कार्की त्यहाँ कार्यरत हुनुहुन्छ ?’ जवाफ आयो–‘त्यो नामका प्रहरी छैनन् ।’ त्यसपछि मोबाइल पसल सञ्चालकले बानेश्वर प्रहरीलाई खबर गरेर घटनाबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट