१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२८ जिल्लाका भूमिहीन सुकुमबासीलाई जग्गा बाँड्दै सरकार, ३५ दिनभित्र निवेदन दिन आह्वान

२९ भाद्र २०७९, बुधबार ०६:०६

भदौ २९, काठमाडौँ । राष्ट्रिय भूमि आयोगले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ ।आयोगले सात प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । 

सूचनामा भनिएको छ, ‘भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनका लागि आयोगले तोकेको ढाँचामा निवेदन भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न सूचना प्रकाशित गरिएको छ।’

यस्तो निवेदन प्रदेश १ का सोलुखुम्बु र तेह्रथुम, मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहट, बागमती प्रदेशका रामेछाप, काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक, गण्डकी प्रदेशका नवलपरासी पूर्व, स्याङ्जा र मुस्ताङवासीले दिन पाउनेछन्।

यस्तै, लुम्बिनी प्रदेशका बर्दिया, रुकुम पूर्व, रोप्ला र नवलपरासी पश्चिम, कर्णाली प्रदेशका रुकुम पश्चिम, कालीकोट, मुगु, सल्यान, डोल्पा, हुम्ला र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, बैतडी र डडेल्धुरामा रहेका लक्षित समुदायले निवेदन दिन पाउनेछन्।

आयोगले तोकेको ढाँचामा सम्बन्धित स्थानीय तहमा खटिएका लगत संकलक कर्मचारीमार्फत निवेदन दिन सकिनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट