2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८ वर्ष माथिकालाई लक्षित चिप्स, आखिर किन बन्यो विवादास्पद ?

एजेन्सी । आलुको चिप्स धेरैलाई असाध्यै मनपर्छ । कतै बाहिर घुम्न जाँदा, साथीभाइको जम्काभेटमा र कतिपय अवस्थामा त यस्सो जम्ने बेलामा सितनका लागि यसलाई सम्झिने गरिन्छ । चिप्स विभिन्न स्वाद, भेराइटिमा उपलब्ध छ । तर यहाँ जुन स्वादको चिप्सको कुरा गर्न लागिएको छ, त्यो सुन्दा तपाईं तीन छक पर्ने पक्का छ ।

भर्खरै गरिएको एक अनुसन्धान अनुसार युवा–युवतीहरु आफ्ना आमा–बुवा जुन उमेरमा प्रेममा परेका थिए, त्यो उमेरमा प्रेममा पर्ने सम्भावना तीन गुणा कम भएको छ । सोसल मिडिया र भर्चुअल जीवनमा हाम्रो प्राथमिकता पनि यसका लागि जिम्मेवार छन् । तर लिथुआनियाको आलु चिप्स कम्पनीले यो ट्रेन्डलाई उल्ट्याउँदै छ । उक्त कम्पनीले निकै विवादास्पद र १८ वर्षभन्दा माथिकालाई लक्षित गर्दै आलु चिप्सको उत्पादन गरेको छ । ‘चाज पटेटो चिप्स’ले पछिल्लो समय मसल्स र ह्वाइट वाइन फ्लेभरको र ब्लडी मेरी ककटेलको चिप्स उत्पादन गरिरहेको छ तर सबैभन्दा चर्चा एउटा यस्तो फ्लेभरको भइरहेको छ, जसको स्वाद महिलाको यौनाङ्गको जस्तो भनिएको छ ।

महिलाको यौनाङ्गजस्तो फ्लेभर ? यसको फ्लेभरलाई पहिचान गरेर आलुको चिप्समा राख्न कसरी सम्भव होला ? यसको जवाफ चाज वेबसाइटले दिएको छ । वेबसाइटका अनुसार मार्केटिङ विभागले यसका लागि धेरै नै मिहिनेत गरेका छन् । आफ्नै अनुभवको आधारमा पनि उनीहरुले यसको उत्पादनमा सघाउ पुर्याएका छन् ।

अडिटी सेन्ट्रलका अनुसार​श्रृङ्खलाबद्ध वादविवादपछि यो समूहले आफूले छानेका सामग्रीहरु असाध्यै कमजोर भएको स्वीकार गरे । त्यसपछि पाँच सदस्य (केटा–केटी दुबै) लाई उचित सूची तयार गर्न भनियो । उनीहरुले यसका लागि इन्टरनेटको सहारा लिए । उनीहरुले प्रयोगकर्तालाई ‘भल्भा’ को स्वादले के कुरा स्मरण गराउँछ भनेर साधे । उनीहरुले जवाफ पनि पाए । यसका साथै, उनीहरुले वैज्ञानिक आधारबारे पनि अनुसन्धान गरे । अन्ततः यो कम्पनीले चिप्सलाई विभिन्न स्वादसहित बजारमा उतारे ।

फ्लेभरको सूची तयार पारेपछि यसलाई युरोपका तीन ठूल्ठूला मसला उत्पादक कम्पनीलाई समेत पठाइयो । उनीहरुले मसलाका थुप्रै स्याम्पल तयार पारे । तीमध्ये चाज कम्पनीले त्यस्तै स्वाद प्रदान गर्ने सिमित मात्रै छनोट गर्यो । कम्पनी आफैँ सन्तुष्ट नभएसम्म उनीहरुले मसलामा थप घट गरिरहे र चित्त बुझेपछि मात्रै सर्वसाधारणका लागि उपलब्ध गराए ।

कम्पनीले यी चिप्स ‘निडर’ र ‘स्वतन्त्र’ व्यक्तिका लागि लक्षित गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो