भदौ २९, धरान । सुनसरीको धरान उपमहानगरपालिका-२० स्थित टोडकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ। लुटेराको समूहले स्थानीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको प्रहरीले जनाएको छ।
६५ वर्षीया पूर्णिमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेराहरुको समूहले सुन र नगद लुटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरीले बताए।
उनले हत्या गरिएकी महिला घरमा एक्लै बस्ने गरेको र घाँटीमा र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीले बताएका छन्। घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ।