2026-09-19 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनशनरत गोविन्द केसी अस्पताल भर्ना

भदौ ३०, काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

अनशनरत गोविन्द केसी अस्पताल भर्ना – Online Khabar

डा.केसीका सहयोगी डा. अमृत जैशीले स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए । ‘उहाँको ब्लड प्रेसर निकै घटेको छ भने ब्लडमा सुगरको मात्रा पनि कम देखाएको छ,’ जैसीले भने, ‘त्यो सँगै रोग प्रतिरोधात्मक क्षमता घटेको छ । पिसाबमा पनि क्रिटनको मात्रा बढेको छ । अहिले वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर नेतृत्वको चिकित्सकको टोलीले उहाँको उपचार गरिरहेको छ ।’

धनगढी पुगेर सोमबार साँझदेखि २० औं पटकको सत्याग्रह थालेका डा. केसीको स्वास्थ्यमा मंगलबार रातिदेखि समस्या देखिन थालेको थियो । विगतका अनसनमा उनको स्वास्थ्यमा ढिलो गरेर समस्या देखिएपनि यस पटक भने तीन दिनमै जटिल खालको समस्या देखिएको डा. जैसी बताउँछन् ।

‘पहिले–पहिले उहाँको स्वास्थ्यमा ढिलो गरेर समस्या देखिन्थ्यो । उमेर बढ्दै जादा शरीर कमजोर भएकाले अहिले चाडै समस्या देखिएको छ’, जैसीले भने । अनसनरत डा. केसीले पानी बाहेक अरु केही नखाएका कारणले स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै विभिन्न ७ बुँदे माग राख्दै केसी सोमबारदेखि धनगढीमा अनसन बसेका थिए ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन । लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई