गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गर"/>
2026-06-16 12:23 PM
काठमाडौँ - KTM

रुकुममा १० ओटा स्थानिय तहमा सहमति जुट्यो

२०७३ भाद्र २८, मंगलवार

गणेश सिर्पाली/भदौ २८, रुकुम । लामो कसरत पछि रुकुममा १० ओटा स्थानिय तह वनाउने सहमति भएको छ । २ नगरपालिका र ८ ओटा गाउँपालिका गरी १० ओटा स्थानिय तह बनाउने निर्णय गरिएको हो । 

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुम र जिल्ला स्थित राजनितिक दलहरुको बैठकले १० ओटा स्थानिय तह बनाउने सहमति गरेको हो । जिल्लाका विभिन्न ठाउँमा भएका कार्यक्रमबाट आएका सल्लाह, सुझाव र जिल्ला स्तरिय छलफलबाट जिल्लामा १० ओटा स्थानिय सरकार बनाउने सहमति भएको थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानिय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । 

जिल्लामा भएको निर्णयलाई स्थानीय तह निर्धारण आयोगमा पठाईने उहाँले बताउनुभयो । देशभरमा ५ सय ६५ ओटा स्थानिय तह रहने स्थानीय तह निर्धारण आयोगको प्रस्ताव अनुशार रुकुममा २ ओटा नगरपालिका र ४ ओटा गाउँपालिका गरी ६ ओटा स्थानिय तह हुने भनिएको थियो । 

तर जिल्लाको भौगोलिक अवस्था र सेवा सुविधा प्रवाहका हिसावले जिल्लामा स्थानिय तहको संख्या बढाउनुपर्ने आवाज उठेको थियो । जिल्ला भरबाट आएका सुझाव र प्राविधिक समिति तथा राजनितिक दलको छलफलबाट १० ओटा स्थानिय तहको माग गर्ने सहमति भएको प्राविधिक समितिका संयोजक शर्माले बताउनुभयो । 

अहिलेको सहमति अनुशार कोलको त्रिवेणी, हुकामको गरघाट, मोरावाङको सिसाघारी, रुकुमकोट, बाँफिकोटको छिनखेत, आठविसकोटको राडिज्युला, सिम्ली, मुसिकोट नगरपालिकाको खलंगा, रुघाँको सिमु्रुतुमा स्थानिय तहका केन्द्र बन्ने छन् । 

त्यस्तै चौरजहारी नगरपालिकाको केन्द्रभने तय भएको छैन् । चौरजहारी बजारमा केन्द्र बनाउने की खोलागाउँ चन्द्रबजारमा बनाउने भन्ने सहमति नजुट्दा केन्द्रको टुंगो नलागेको बताईएको छ । 

सिसफारिस गरिएका ९ ओटा स्थानिय तहको नामांकन पनि गरिएको छ । जसमा पुथा स्वायत्त, उत्तरगंगा स्वायत्त, भूम्या स्वायत्त, सिसाघारी, सिस्ने, स्यार्पू, मुसीकोट, सानी भेरी, त्रिबेणी नगर तथा गाउँपालिका वनाउने सहमति भएको हो । 

चौरजहारी नगरपालिका, खोलागाउँ, नुवाकोटका केहि वडा र पुर्तिमकाँडाका केहि वडाहरुलाई मिलाएर वन्ने नगरपालिको नाम भने स्थानीय तहको निर्बाचन पछिको नगर परिषदबाट गर्ने सहमति जुृटेको स्थानिय तह पुर्नसंरचना प्राविकि सहयोग समितिले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई करोडौंको क्षति, विभागले माग्यो उडान विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन