२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’

२०७९, ३ आश्विन सोमबार ०५:१५

असोज ३, काठमाडौं |  सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय रहेको भन्दै आइतबार सर्वोच्च जाने तयारीमा रहेका प्रधानन्यायाधीश राणालाई गेटमै प्रहरीले रोकेको थियो ।


प्रहरीले गेटमा रोकेपछि निवासबाट बाहिर निस्कन नपाएको र आफूलाई सरकारले नजरबन्दमा राखेको प्रधानन्यायाधीश राणाले बताए । आइतबार सर्वोच्च हाजिर हुन जान लागेको थाहा पाएलगतै सरकारले सर्वोच्च परिसर र बालुवाटारस्थित उनको निवासमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । राणाविरुद्ध १ फागुन २०७८ मा सत्तारूढ दलका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्तासँगै निलम्बनमा परेका राणासँग महाअभियोग समितिले संसद्को कार्यकाल पूरा हुनै लाग्दा बयान लिएको थियो ।

महाअभियोग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्नि सापकोटालाई बुझाएको थियो । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूूविरुद्ध लागेको महाअभियोग पनि निष्क्रिय हुने बझाइका साथ राणा आइतबार अदालत जाने तरखरमा थिए । जसका लागि उनले सर्वोच्च अदालतमा सूचना पनि पठाइसकेका थिए । तर, सरकारले महाअभियोगको प्रक्रिया नटुंगिएको कारण देखाउँदै उनलाई निवासमा रोकेको हो ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश राणालाई गरेको अवरोध हटाउन आग्रह गरेको छ । प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगले विज्ञप्ति जारी गर्दै संविधान र कानुनअनुसार यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो ।

‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ’यसप्रकारका अधिकारमा कुनै पनि वहानामा अवरोध पुग्नुहुँदैन भन्नेमा आयोग दृढ छ । अतः संविधान र कानुनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

आयोगले राणाको निवासमा आवतजावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारीसाधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको जनाएको छ । ‘आयोग टोलीले त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरे भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ’ आयोगले भनेको छ । -राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक