१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिस्तारै तालु हुँदै गइरहनुभएको छ ? दैनिक गर्नुहोस् यी ६ काम, फाइदा मिल्नेछ

३ आश्विन २०७९, सोमबार ०९:३८

काठमाडौं | तपाईंको उमेर बढेसँगै तपाईंको शरीरमा विभिन्न खालका परिवर्तन देखिन थाल्छ । उमेर बढेसँगै बिस्तारै तपाईंको मेटाबोलिजममा परिवर्तन हुन थाल्छ, तपाईंको छालामा परिवर्तन आउन थाल्छ । यस्तै हरेक २ मध्ये एक व्यक्तिलाई ४० वर्ष पुग्दा नपुग्दै तालुपनाको समस्याले गाँज्न सक्छ । उमेर बढेसँगै पुरुषमा कपाल झर्नु निकै साधारण हो तर सानो उमेरमा नै यदि कपाल झर्छ भने यो चिन्ताको विषय बन्न सक्छ । तर केही तरिका अपनाएर तपाईंले आफ्नो गुमाउनुभएको कपाल पुनः फिर्ता पाउन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो खानाको विशेष ध्यान दिनुपर्छ र खानामा सही चिज समावेश गर्नुपर्छ ।


कपालको विकासलाई प्रभावित पार्ने यस्ता थुप्रै चिज हुनसक्छन्, ती हुन् –

  • वंशानुगत
  •  हर्मोनल परिवर्तन
  •  पोषक तत्वको कमी
  •  किमोथेरेपी वा औषधी
  •  स्ट्रेस
  •  तीब्र रुपमा तौल कम हुनु
  •  ट्रमा जसले फोलिकल्सलाई क्षती पुर्याउँछ
  •  केही गम्भीर रोग

डाइटमा प्रोटिन समावेश गर्नुहोस्

हेयर ग्रोथका लागि प्रोटिन निकै महत्वपूर्ण मानिन्छ । हेयर फोलिकल्स प्रोटिनबाटै मिलेर बनेको हुन्छ । डाइटमा प्रोटिनको मात्रा निकै कम लिँदा कपाल झर्ने समस्या झेल्नुपर्ने हुनसक्छ । यस्तोमा प्रोटिनको इन्टेक बढाउनका लागि तपाईंले अण्डा, माछा र कम बोसो भएका मासुको सेवन गर्नुपर्छ । यसमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । यसले तपाईंको झरेको कपाल फिर्ता पाउन सक्नुहुन्छ ।

सही भिटामिन लिनुहोस्

तपाईंले आफ्नो खानामा सही भिटामिन समावेश गर्नुहोस् । भिटामिन ए टाउकोमा सीबमको स्वस्थ स्तर (यसलाई नेचुरल ओयल्स) का लागि महत्वपूर्ण मानिन्छ र भिटामिन ईले तपाईंको टाउको रक्त सञ्चारलाई बढाउने काम गर्छ ।

यी घरेलु उपाय अपनाउनुहोस्

घरेलु उपाय थुप्रैपटक तपाईंलाई धेरै काम लाग्न सक्छ । तपाईंको घरमा यस्ता थुप्रै चिज हुनसक्छन् जसले तपाईंको समस्या सुल्झाउन सक्छ । यदि तपाईं तालुपनाको समस्यासँग जुधिरहनुभएको छ र कपाल फिर्ता पाउन चाहुनुहन्छ भने यसका लागि लसुन तपाईंको निकै काम लाग्न सक्छ । तपाईं आफ्नो टाउकोको छालामा लसुन, अदुवा र प्याजको रसबाट मालिस गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि तपाईंको टाउकोमा लगाउनुहोस् र भोलिपल्ट बिहान धुनुहोस् । यो घरेलु उपायलाई लगातार केही हप्तासम्म लगाउँदा तपाईंको कपाल पुनः पलाउन सुरु हुनेछ ।

सधैँ टाउकोको मसाज गर्नुहोस्

बायोटिन वा भिटामिन बी सेभेनले तपाईंको कपालमा केराटिन उत्पादनमा मद्दत गर्छ । यसले फोलिकल ग्रोथको रेट पनि बढाउन सक्छ । यद्यपि, बायोटिनले कपाल झर्न कम गर्छ भन्ने प्रमाण भने भेटिएको छैन तर यसले कपाल बढाउन पनि सहयोग गर्छ । अण्डा, नट्स, प्याज, शखरखण्ड र ओट्समा बायोटिनको मात्रा अत्यधिक पाइन्छ ।

यस्ता स्याम्पु प्रयोग गर्नुहोस्

बजारमा विभिन्न खालका स्याम्पु पाइन्छ । चम्किलो बनाउने दाबी गर्छन् तर स्याम्पुमा विभिन्न खालका केमिकल्स पाइन्छन् जसले कपाललाई हानी पुर्याउँछ । यस्तोमा तपाईंले स्याम्पु किन्ने बेला त्यसको सामग्रीलाई ध्यानपूर्वक पढ्नुहोस् । साथै, यस्ता स्याम्पु खरिद गर्नुहोस् जसमा फ्रुट्स र सीड ओयल जस्तै जोजोबा, नरिवल, ओलिभ, प्रोटिन, एलोभेरा, क्याफिन आदि समावेश हुन्छ ।

भरपुर निदाउनुहोस्

जब तपाईं सुत्नुहुन्छ तब तपाईंको शरीरको मर्मतको काम हुन्छ । साथै तपाईं सुतेपछि शरीरले आफैँलाई रिपेयर गर्छ । जब तपाईं सुतिरहनुभएको हुन्छ तब तपाईंको ग्रोथ हर्मोन, सेल प्रोडक्सनलाई तीब्र गराउन मद्दत गर्छ जसले हेयर ग्रोथको हेल्दी रेट मेन्टेन गर्न मद्दत मिल्छ । त्यसैले तपाईं दैनिक ८ देखि ९ घण्टा मज्जाले सुत्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट