१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाल मोहम्मद हत्या प्रकरणः मुख्य योजनाकार भारतीय

४ आश्विन २०७९, मंगलवार ११:४८

असोज ४, काठमाडौँ | कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद बस्ने घर नजिकै एउटा गेष्ट हाउस छ । सो गेष्ट हाउस हो–‘कोशीपारी गेष्ट हाउस एण्ड होटल ।’ ३० भदौमा साँझ एकजना मानिस सो गेष्ट हाउसमा पाहुना बनेर गएका थिए । तिनै पाहुनाले करिब २ सय मिटर पर ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट उद्योग चलाउने ५८ वर्षका लाल मोहम्मदको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


गेष्ट हाउसमा पुगेका पाहुना हुन्– ‘जितेन खान ।’ गेष्ट हाउसको लगबुकमा उनले सो नाम इन्ट्री गराएका छन् । लगबुकमा इन्ट्री गराएको नाम वास्तविक हो कि होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सिबिजी मोटरसाइकल चढेर गेष्ट हाउसमा पुगेका जितेनले नै लाल मोहम्मदको हत्या योजना बनाएका हुन् । भदौ ३० देखी रेकी गरेका उनले असोज ३ मा सुटर बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गेष्ट हाउसमा बसेर निगरानी गर्ने पुरुष नै मुख्य योजनाकार हुन् । भारतको नयाँ दिल्ली घर भएका उनी लामो समयदेखि नेपाल बस्दै आएको थाहा भएको छ ।

मुख्य योजनाकार र लाल मोहम्मदको बिचमा आर्थिक कारोबार रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आपराधिक पृष्ठभूमि भएका मोहम्मद जाली नोट कारोबारीलाई गोली प्रहार गरेको आरोपमा  १० वर्ष जेल बसेर निस्केका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका मोहम्मद हत्यामा संलग्न मुख्य योजनाकार प्रहरीको खोजी सूचीमै थिए । करिब १ वर्षअघि न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटमा संलग्न भएको आशंकामा प्रहरीले उनलाई खोजिरहेको थियो । हुण्डीको सो रकम लुटेर उनी फरार भएका थिए । सो रकम हुण्डीको भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

‘मुख्य योजनाकार मृतकको बिचमा आर्थिक कारोबार पनि भएको देखिएको छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने–‘सुटर मगाएर योजनाबद्ध हत्या गरेको देखिन्छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट