भदौ २८, जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २८, जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छ"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा

२८ भाद्र २०७३, मंगलवार ०८:३३


भदौ २८, जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा पढने गरेका छन् । 

जिल्लाका ४४४ सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्नो छोराछोरी महँगा तथा सदरमुकाममा निजी विद्यालयमा पढाउने गरेको पाइएको छ । 

आफ्ना छोराछोरी निजीमा पढाउने र गरिब जनताका छोराछोरीलाई सामुदायिक विद्यालयमा राम्रोसँग नपढाउने गरेका कारण सामुदायिक विद्यालयप्रतिको शैक्षिक गुणस्तरप्रति विश्वास हराएको अभिभावक बताउँछन् । शिक्षक नेताका छोराछोरी नै सबैभन्दा महँगा विद्यालयमा पढ्ने गरेको पाइएको छ । 

केही शिक्षक राजनीतिक दलका कार्यकर्ता भएका कारण शैक्षिक सुधारभन्दा पनि विद्यालयमा राजनीतिक गफ बढी गर्ने गरेको पाइएको छ । 

राजनीतिक दलको बैठक, जिल्लामा हुने अधिकांश बैठकमा समेत शिक्षक राजनीतिक दलको प्रतिनिधि भएर उपस्थित भएको पाइएको छ । केही शिक्षकले निजी विद्यालय खोलेर पूरै ध्यान त्यतैतिर दिने गरेको अभिभावकले बताएका छन् । 

निजीमा पढाएर प्रवेशिका परीक्षामा सामुदायिक विद्यालयबाट परीक्षा दिन लगाउने गरेको पनि पाइएको छ । सबैले सामुदायिक विद्यालयमा छोराछोरी पढाउँभन्दा पैसा हुनेले जहाँ पढाए पनि हुन्छ भनेर ठूला कुरा गर्ने गरेको सक्ला–१ का धनबहादुर खत्रीले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समिति गठन गर्दा अभिभावकलाई विभिन्न प्रलोभनमा पारेर आफू अनुकूलको विद्यालय व्यवस्थापन समिति गठन गर्न सबै शिक्षक एकजुट हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा