2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष खकुरेलले गरे काठमाडौं ८ (ख) बाट उम्मेदवारी दिने

September 21, 2022

असोज ५, काठमाडौं | नेपाल कस्मेटिक संघका उपाध्यक्ष मच्छिन्द्र खकुरेलले आगामी ४ मंसिरमा हुने निर्वाचनमा बाग्मती प्रदेशअन्तर्गत काठमाडौं ८ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

अहिलेसम्म कुनै पनि दलले मुलुकको हित हुने गरी परिवर्तनको पक्षमा काम गर्न नसकेको दावी गर्दै अबको नेतृत्व राम्रो भिजन भएका व्यक्तिले लिनुपर्ने स्थितिलाई विचार गर्दै आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको उनले बताए ।


‘नेपाली जनतामा खुसी, शान्ति र दिगो समृद्धिका बहुआयामिक पक्षलाई व्यवस्थित तवरले अघि बढाउने मान्यतासहित प्रदेश सभामा उम्मेदवारी दिन लागेको हुँ,’ खकुरेलले भने ।

संघ र स्थानीय तह बढी प्रभावकारी भए पनि प्रदेश सरकारले जनताको मन जित्ने गरी प्रभावकारी तवरले काम गर्न नसकेकाले अहिले प्रदेश सरकारको औचित्यलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको उनको भनाइ छ । 

बाग्मती प्रदेशमा भएको विकासको सन्देश सिंगा देशभर प्रवाह हुने कारणले समेत बाग्मती प्रदेशलाई सबैभन्दा पहिले समृद्ध प्रदेशको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको खकुरेल बताउँछन् । बाग्मती प्रदेशको औद्योगीकरण, व्यापक रोजगारी सृजना, दिगो विकास एवं उद्यमशीलता, जागरणलगायतका विभिन्न क्षेत्रमा हुने कामलाई छिटो र झण्झटमुक्त तवरले कानुनी दायरामा रही सम्पादन गर्न एवं अन्य सम्बन्धित निकायमा पनि आवश्यक दबाब सृजना गर्न आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । 

२०६२ मा पर्यटन क्षेत्रमा जोडिएका खकुरेल हाल कस्मेटिक व्यवसायमा संलग्न छन् । निकट भविष्यमा स्वदेशी जडिबुटीमा आधारित गुणस्तरीय कस्मेटिक सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनको योजनामा आफू रहेको खकुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ