२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

गहुँले नै बनेको आटा–सुजी स्वस्थ, मैदा किन अस्वस्थ ? यस्ता छन् हानीहरु

६ आश्विन २०७९, बिहीबार ०७:२१

एजेन्सी | गहुँको चोकर, आटा, गहुँको सुजी स्वास्थ्यका लागि यति फाइदाजनक छ तर गहुँले नै बनेको मैदा भने किन हानिकारक हुन्छ ? सबैभन्दा बाक्लो च्याख्ला, थोरै मसिनो आटा , त्योभन्दा पनि मसिनो सूजी र सबैभन्दा मसिनो मैदा हुन्छ । यी चिजमा किन यस्तो भिन्नता ? गहुँबाट बनेको चिजबारे एक–एक गरी विस्तारले जानकारी लिऔँ । यसका लागि भारतीय सञ्चार माध्यमले  डाक्टर सुवास रायसँग कुराकानी गरेको छ ।


पोषणयुक्त आटा

डा. सुबासका अनुसार आटा बनाउनका लागि गहुँको माथिल्लो पत्र हटाइँदैन । आटामा गहुँको माथिल्लो तह पनि समावेश हुन्छ, जसलाई चोकर भनिन्छ । गहुँको अधिकांश पोषण चोकरमा मात्र पाइन्छ । गहुँको चोकरमा सेल्युलोज भनिने अघुलनशील फाइबर हुन्छ । यसमा क्याल्सियम, सेलेनियम, म्याग्नेसियम, पोटासियम, फस्फोरस, भिटामिन ई, बी कम्प्लेक्स पाइन्छ ।

च्याँख्ला र सुजी छन् पौष्टिक

च्याँख्ला, सुजी र मैदा बनाउनका लागि सबैभन्दा पहिला गहुँको माथिल्लो पत्र निकालिन्छ ।

त्यसपछि उक्त गहुँलाई मोटो मोटो हुने गरी पिसिन्छ, त्यसलाई च्याँख्ला भनिन्छ । च्याँख्लामा चोकर हुँदैन त्यसैले यो आटाभन्दा पच्छ । साना बच्चा, वृद्ध र बिरामीलाई यसकारण च्याँख्ला खुवाइन्छ । च्याँख्लामा फाइबर, प्रोटिन, भिटामिनको भरपुर मात्रा हुन्छ त्यसैले यसलाई पौष्टिक मानिन्छ । सुजी बनाउनका लागि बोक्रा निकालिएको गहुँको च्याँख्लालाई थोरै मसिनो हुने गरी पिसिन्छ । सुजी र च्याँख्लाको पौष्टिकता लगभग बराबरको हुन्छ । सुजीलाई हलुवा, मिठाई बनाउका लागि बढी प्रयोग गरिन्छ ।

मैदाको हानी

आन्द्रामा टाँसिन्छ मैदा

मैदा बनाउनका लागि माथिल्लो पत्र निकालिएको गहुँलाई निकै मसिनो हुनेगरी पिसिन्छ । यसरी मसिनो गरी पिस्दा मैदाको सम्पूर्ण पोषण नष्ट हुन्छ । धेरै सेतो र चम्किलो बनाउनका लागि गहुँमा हानिकारक केमिकल्सले ब्लिच गरिन्छ । त्यसपछि मैदा तयार हुन्छ । क्याल्सियम पेरोक्साइड, क्लोरिन, क्लोरिन डाइअक्साइडजस्ता ब्लिचिङ एजेन्टको प्रयोग मैदालाई ब्लिच गर्न गरिन्छ । यी केमिकलको स्वास्थ्यमा नकारात्मक असर पर्छ । असाध्यै मसिनो हुने भएकोले मैदा आन्द्रामा टाँसिन्छन् त्यसैले मैदालाई हानिकार मानिन्छ ।

गम्भीर रोगको शिकार बनाउँछ

डा. रायलाई विश्वास गर्ने हो भने मैदामा बढी स्टार्च हुने भएकाले मोटोपनाको सम्भावना बढ्ने गर्छ । व्यस्त जीवनशैलीमा धेरैजसो मानिस नास्तामा पाउरोटी खान रुचाउँछन् । यसबाहेक मैदाको रोटी, पुरी, नान पनि मानिसहरु धेरै नै खान्छन् । पिज्जा, बर्गर, बिस्किट बनाउनका लागि पनि मैदा प्रयोग गरिन्छ जुन स्वास्थ्यका लागि राम्रो होइन ।

डा.रायका अनुसार डायटरी फाइबरको कमीका कारण मैदा निकै चिल्लो र मसिनो हुने गर्छ जसका कारण आन्द्रामा यो टाँस्सिन थाल्छ । यसैकारण कब्जियतको समस्या पनि हुनसक्छ र यो अपचको कारण पनि बन्न सक्छ ।

कोलेस्ट्रोल बढाउँछ – मैदामा अत्यधिक मात्रामा स्टार्च हुन्छ, जसका कारण मोटोपना बढ्ने सम्भावना हुन्छ र बिस्तारै खराब कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । यस्तो अवस्थामा यदि तपाई तौल घटाउन चाहानुहुन्छ र कोलेस्ट्रोल बढाउन चाहनुहुन्न भने मैदा खानबाट जोगिनुहोस् ।

हड्डी कमजोर बनाउँछ – मैदालाई आटाबाट बनाइन्छ तर यो बनाउने प्रक्रियामा पीठोको सम्पूर्ण प्रोटिन नष्ट हुन्छ, जसका कारण यसले हड्डीबाट क्याल्सियम तानेर हड्डीलाई कमजोर बनाउने काम गर्छ ।

रगतमा चिनीको मात्रा बढाउँछ– मैदाले रगतमा चिनीको मात्रा बढाउँछ, जसका कारण रगतमा ग्लुकोज जम्मा हुन थाल्छ । यसो हुँदा शरीरमा रासायनिक प्रतिक्रिया उत्पन्न हुन्छ । जसका कारण मोतिबिन्दु र मुटुसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।

ओट्स र च्याँख्लामा कुन बढी स्वस्थकर ?

ओट्सको तुलनामा च्याँख्ला बढी स्वस्थकर हुन्छ । यो बेलुका, बिहानको खानाका लागि एउटा राम्रो विकल्प हो । यद्यपि, ओट्स र च्याँख्ला दुबै स्वास्थ्यका लागि राम्रो हुन्छ । यसका फाइदा र हानीबारे जानकारी लिऔँ ।

– ओट्सका फाइदा : ओट्सलाई वैज्ञानिक रुपमा एवेना सटाइवाको रुपमा चिनिन्छ यसमा कोलेस्ट्रोल कम गर्ने गुण हुने भएकोले विश्वभरी ब्रेकफास्टको रुपमा खाने गरिन्छ । यसले ब्लड सुगरलाई नियन्त्रण गर्छ र डिप्रेशनबाट टाढा राख्न मद्दत गर्छ ।

– च्याँख्याका फाइदा : गहुँलाई टुक्राइएर बनाइएको च्याँख्ला पचाउन सजिलो हुन्छ । यो फाइबरले भरपुर र तौल घटाउनका लागि सबैभन्दा राम्रो मानिन्छ । तपाईंले यसलाई विभिन्न तरिकाले र स्वस्थकर तरिकाले बनाउन सक्नुहुन्छ ।

ओट्स र च्याँख्लाको पोषणको तुलना

च्याँख्लामा भएको पौष्टिक तत्व थायमिन, जिंक, सेलेनियम, नियासिन, फस्फोरस, म्याग्नेसियम, फोलेट, कपर, सोडियम, पोटासियम, फाइबर, आइरन, म्यागनिज र राइबोफ्लेविन हुन् जबकी ओट्समा कार्बोहाइड्रेट, स्याचुरेटेड फ्याट, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्निसियम, पोटासियम र जिंक पाइन्छ ।

ओट्सका साइड इफेक्ट्स

– निल्न र चपाउन समस्या हुनेहरुले ओट्स खानु हुँदैन

– राम्रोसँग नचपाएको खण्डमा ओट्सले आन्द्रामा ब्लकेज गर्नसक्छ

– पेट र आन्द्रासमेत पाचन सम्बन्धि समस्या हुनसक्छ

च्याँख्लाका साइड इफेक्ट्स

– च्याँख्ला खाँदा पेटमा ग्यास पैदा गर्न सक्छ वा सुन्निन सक्छ

– च्याँख्लाको अत्यधिक सेवनले पेट दुख्ने, बान्ता हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो