१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ वर्षका अभिनेता रायन ग्रान्थमले गरे आमाको हत्या, जन्मकैदको सजाय

७ आश्विन २०७९, शुक्रबार १०:२२

असोज ७, काठमाडौँ | आफ्नी आमाको हत्या गरेको आरोप लागेका हलिउड अभिनेता रायन ग्रान्थमलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेटफ्लिक्सको चर्चित शो रिवरडेलमा देखिएका रयान ग्रान्थमले ६ महिना अघि अदालतसमक्ष हत्या स्वीकार गरेका थिए । अहिले उनलाई जन्मकैदको सजाय सुनाइएको हो । अदालतको आदेश अनुसार रायनले अब जीवनभरी बन्दुक चलाउन सक्दैनन् । साथै उनी १४ वर्ष जेल बसेपछि पनि पेरोलमा रिहा हुन सक्ने छैनन् ।


रायनलाई जन्मकैद

क्यानडाको भ्यान्कुभरस्थित ब्रिटिश कोलम्बिया सर्वोच्च अदालतले रयान ग्रानथमलाई सजाय सुनाएको हो । मार्च २०२० मा रायनले आफ्नी ६४ वर्षकी आमालाई गोली हानेर हत्या गरेका थिए । उनकी आमा बारबरा वेट पियानो बनाइरहेका बेला रायनले उनलाई गोली हानेका थिए । सिबिसीको रिपोर्ट अनुसार न्यायाधीस क्याथलिन केरले अदालतको निर्णय सुनाउँदै यो दुर्घटनालाई दुःखद, मन तोडिदिने र जीवन बर्बाद पारिदिने घटना बताए ।

रायनले आमालाई गोली हानेको भिडियोसमेत बनाएका थिए । गो प्रो क्यामरामा बनाइएको यो भिडियोमा आफ्नी आमा बारबरा वेटको मृत शरीर नजिकै उभिएर अभिनेताले आफ्नी आमाको हत्या गरेको स्वीकारेका थिए । भिडियोमा उनले भनेका थिए, ‘मैले उनको टाउको पछाडि गोली हानेको हुँ । पछि उनलाई थाहा भएको थियो कि गोली मैले हानेको थिएँ ।’

प्रहरीको बयान अनुसार आमाको हत्या गरेपछि रायनले बियर र गाँजा किनेका थिए । त्यसपछि उनले मोलोतोव ककटेल बनाउने कोसिस गरे र नेटफ्लिक्स हेरे । यति गरेपछि उनले आफ्नी आमाको शवलाई एउटा कपडाले ढाकेर सुत्न गए । भोलिपल्ट उठेपछि उनले आफ्नी आमाको शवको चारैतिर मैन बत्ती बाले । त्यसपछि उनी दोस्रो हत्या गर्न निस्किएका थिए ।

त्यसपछि रयान ग्रानथम आफ्नो गाडीमा तीन लोडेड गन, मोलोटोव ककटेल, गोलाबारुद, क्याम्पिङको सामान र ओटावाको रिडो कटेजको म्याप राखेका थिए । उनको योजना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई मार्नु थियो । जस्टिन र उनको परिवारे रिडो कटेजमा बस्छन् । पछि रायनले प्रहरी समक्ष आफू प्रधानमन्त्रीको हत्या गर्न निस्किएको स्वीकार गरे । यसबारे उनले आफ्नो डायरीमा पनि लेखेका थिए ।

रयानले केही बेर ट्रुडोको घरतर्फ पनि यात्रा गरेका थिए । त्यसपछि उनले आफ्नो स्कूल साइमन फ्रेजर युनिभर्सिटीमा सामूहिक गोली चलाउने बारे पनि सोचे । यद्यपि, उनले यीमध्ये केही पनि गरेनन् र सिधै भ्यान्कुभर प्रहरीमा गएर आत्मसमर्पण गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट