२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ वर्षका अभिनेता रायन ग्रान्थमले गरे आमाको हत्या, जन्मकैदको सजाय

२०७९, ७ आश्विन शुक्रबार १०:२२

असोज ७, काठमाडौँ | आफ्नी आमाको हत्या गरेको आरोप लागेका हलिउड अभिनेता रायन ग्रान्थमलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेटफ्लिक्सको चर्चित शो रिवरडेलमा देखिएका रयान ग्रान्थमले ६ महिना अघि अदालतसमक्ष हत्या स्वीकार गरेका थिए । अहिले उनलाई जन्मकैदको सजाय सुनाइएको हो । अदालतको आदेश अनुसार रायनले अब जीवनभरी बन्दुक चलाउन सक्दैनन् । साथै उनी १४ वर्ष जेल बसेपछि पनि पेरोलमा रिहा हुन सक्ने छैनन् ।


रायनलाई जन्मकैद

क्यानडाको भ्यान्कुभरस्थित ब्रिटिश कोलम्बिया सर्वोच्च अदालतले रयान ग्रानथमलाई सजाय सुनाएको हो । मार्च २०२० मा रायनले आफ्नी ६४ वर्षकी आमालाई गोली हानेर हत्या गरेका थिए । उनकी आमा बारबरा वेट पियानो बनाइरहेका बेला रायनले उनलाई गोली हानेका थिए । सिबिसीको रिपोर्ट अनुसार न्यायाधीस क्याथलिन केरले अदालतको निर्णय सुनाउँदै यो दुर्घटनालाई दुःखद, मन तोडिदिने र जीवन बर्बाद पारिदिने घटना बताए ।

रायनले आमालाई गोली हानेको भिडियोसमेत बनाएका थिए । गो प्रो क्यामरामा बनाइएको यो भिडियोमा आफ्नी आमा बारबरा वेटको मृत शरीर नजिकै उभिएर अभिनेताले आफ्नी आमाको हत्या गरेको स्वीकारेका थिए । भिडियोमा उनले भनेका थिए, ‘मैले उनको टाउको पछाडि गोली हानेको हुँ । पछि उनलाई थाहा भएको थियो कि गोली मैले हानेको थिएँ ।’

प्रहरीको बयान अनुसार आमाको हत्या गरेपछि रायनले बियर र गाँजा किनेका थिए । त्यसपछि उनले मोलोतोव ककटेल बनाउने कोसिस गरे र नेटफ्लिक्स हेरे । यति गरेपछि उनले आफ्नी आमाको शवलाई एउटा कपडाले ढाकेर सुत्न गए । भोलिपल्ट उठेपछि उनले आफ्नी आमाको शवको चारैतिर मैन बत्ती बाले । त्यसपछि उनी दोस्रो हत्या गर्न निस्किएका थिए ।

त्यसपछि रयान ग्रानथम आफ्नो गाडीमा तीन लोडेड गन, मोलोटोव ककटेल, गोलाबारुद, क्याम्पिङको सामान र ओटावाको रिडो कटेजको म्याप राखेका थिए । उनको योजना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई मार्नु थियो । जस्टिन र उनको परिवारे रिडो कटेजमा बस्छन् । पछि रायनले प्रहरी समक्ष आफू प्रधानमन्त्रीको हत्या गर्न निस्किएको स्वीकार गरे । यसबारे उनले आफ्नो डायरीमा पनि लेखेका थिए ।

रयानले केही बेर ट्रुडोको घरतर्फ पनि यात्रा गरेका थिए । त्यसपछि उनले आफ्नो स्कूल साइमन फ्रेजर युनिभर्सिटीमा सामूहिक गोली चलाउने बारे पनि सोचे । यद्यपि, उनले यीमध्ये केही पनि गरेनन् र सिधै भ्यान्कुभर प्रहरीमा गएर आत्मसमर्पण गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन