२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रेम गीत ३’को सुखद् ओपनिङ, पहिलो दिन नेपाल र भारतमा कति कमायो ?

२०७९, ९ आश्विन आईतवार ०७:४४

असोज ९, काठमाडौं | शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ । अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार चलचित्रले नेपालमा दुई करोड रुपैयाँको व्यापार गरेको हो । 


त्यस्तै, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतमा ९२ लाख भारु (नेपाली झन्डै डेढ करोड रुपैयाँ)को व्यापार गरेको चर्चित भारतीय समीक्षक तरण आदर्शले जनाएका छन् । 

भारतमा ५ सय पर्दामा प्रदर्शनमा आएको चलचित्रले सिमित शोजहरूका बाबजुत पनि सुखद् व्यापार गरेको आदर्शले फेसबुकमा उल्लेख गरेका छन् । उनका अनुसार शुक्रवार भारतमा टिकट दर पनि कम थियो ।

यस्तै, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशको व्यापार पनि जोड्दा चलचित्रले पहिलो दिन ७ करोड ७५ लाख नेपाली रुपैयाँभन्दा बढीको व्यापार गरेको बलिउड हंगामाले जनाएको छ । 

चलचित्रले शनिवार अझ बढी ब्यापार गरेको वितरकहरूले बताएका छन् । 

यद्यपी, शनिवारको व्यापार विवरण भने आइतवार साँझमाझै सार्वजनिक हुन्छ । नेपाली चलचित्र पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक