२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं

२०७९, ९ आश्विन आईतवार ०८:३९

असोज ९, महोत्तरी | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेकाे आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनकाे दाबी छ । 

शनिवार महोत्तरीको बर्दिबासमा आयाेजित आमसभालाई सम्बाेधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।


वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, 'हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।´ राजालाई अर्बाै रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले खुलासा गरे ।

याे व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसकाे संरक्षणकर्ता पनि नेताहरू रहेकाे बताए । `सामान्य जागीर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्याहलाई राम्राे मान्छ,´ उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।

संघ र स्थानीय सरकारलाई सशंक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनकाे सुझाब छ । वामपन्थी र कांग्रेसले गरेका गलत काम पर्दाफास हुने डरले नयाँ शक्तिलाई स्थापित हुन नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे ।

देशलाई घात गर्न नेताहरूले केही बाँकी नराखेको बताउँदै अध्यक्ष लिङ्देनले भने, `यिनीहरूले स्वास्नी मान्छेलाई लोग्ने र लोग्ने मान्छेलाई स्वास्नी बनाउन सक्दैनन् । बाँकी जे पनि गर्छन र गरिसके ।´

नेपाली राजनीतिको तीन दशकलाई सम्झदै नेपाली जनताले सबै दललाई अवसर दिए पनि नेताहरूले पैसा कमाउने थलो मात्र बनाएको उनकाे टिप्पणी छ । शेरबहादुर देउवा ६ पटकसम्म प्रधानमन्त्री भएको उदाहरण दिँदै परिवर्तनको नाममा केही पनि नभएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

३० वर्षमा इजरायल जस्ता देशले निकै ठूलो फड्को मारेको बताउदै उनले  कृषिमा दुई प्रतिशत भु-भाग भएका देशले निर्यात गर्छन । तर ८० प्रतिशत भू-भाग भएको हाम्रो देशले  आयात गर्छ यो भन्दा लाजमर्दो के पो हुन सक्छ र ?´ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी