३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रेमगीत ३’ निर्माताले चलचित्र विकास बोर्डले दिएको सम्मान फिर्ता गर्ने

९ आश्विन २०७९, आईतवार ०९:१३

असोज ९, काठमाडौं |‘प्रेमगीत ३’ले चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानलाई फिर्ता गर्ने भएको छ । निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्म रिलिजमा दुःख दिएको भन्दै हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्न लागिएको हो ।


अन्तर्राष्ट्रिय स्तरमा फिल्म बजार खोज्ने कार्यमा योगदान पुर्‍याएको भन्दै बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ का निर्मातालाई सम्मान गरेका थिए । बोर्डले टोकन अफ लभ र खादाबाट सम्मान गरेको थियो । निर्माता चन्दले फेसबुकमार्फत पनि सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । 

‘अध्यक्षज्यूले हामीलाई प्रदर्शनमा दुःख दिने काम मात्र गर्नुभयो । हामीमाथि अन्याय भयो,’ निर्माता चन्दले भने, ‘उहाँले सम्मान अनुसार सहयोग गर्नुभएन । जसकारण हामीले हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्दैछौं ।’

यतिबेला बोर्ड र प्रेमगीत ३ समूहबीच आरोप-प्रत्यारोप चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली