१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंंको मुखमा खानेपानी वितरणमा अवरोध गर्न केयूकेएलका सिईओको कार्यकक्षमा फेरि तालाबन्दी

९ आश्विन २०७९, आईतवार ११:०१

असोज ९, काठमाडौं | काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यको कार्यकक्षमा फेरि तालाबन्दी गरिएको छ । केयूकेएलमा क्रियाशील दुई ट्रेड युनियनले शुक्रबार सिईओको कार्यकक्षबाट ब्यानर झिकेको निहुँमा तालाबन्दी गरेका हुन् । 

केयूकेएल कर्मचारी संगठनले समय र परिस्थितिको गम्भीरतालाई ख्यालै नगरी मानिसको जन्मदेखि मृत्यु संस्कारसँग गाँसिएको खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिनु दुःखद भन्दै अविलम्ब संवाद र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

संगठनका अध्यक्ष नवलसिंह साउद र महासचिव कर्णबहादुर धनाहमगरले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको महान चाड बडादशैं २०७९ सन्निकट रहेको र बडादशैंको सार्वजनिक बिदामा समेत निर्वाध रूपमा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी हो । नेपाल सरकारको अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हडताल र तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आमउपभोक्ता वर्गलाई निर्वाध रूपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य हो ।’

तर, केयूकेएलमा क्रियाशील कर्मचारी संघ, कर्मचारी कल्याण परिषद् र लोकतान्त्रिक कर्मचारी संघले भने बिहीबारका दिन आन्दोलनरत पक्षसँग कुनै सहमति वेगर व्यवस्थापन पक्षले अप्रत्यासित रूपमा तुल ब्यानर निकालेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उनीहरूले आफ्ना माग सम्बोधन नभए २ असोजदेखि नै केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयहरूको सेवा ठप्प पार्ने जानकारी गराएकोमा त्यसको बेवास्ता गरी व्यवस्थापन पक्षले आफूखुसी ब्यानर निकालेकाले विरोध गर्नुपरेको उल्लेख गरेका छन् ।

तर, शुक्रबारको निर्णयविपरीत प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा गठबन्धन ट्रेड युनियनमध्येबाट ताला लगाउने कार्य भएको भन्दै तीन संगठनले आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट