१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव नलड्ने मुडमा वामदेव

११ आश्विन २०७९, मंगलवार ११:२०

असोज ११, काठमाडौं | नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी निकट नेताहरूले बताएका छन् ।


गौतमले चुनाव लड्न नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई माओवादीले अनुमोदन  गरिसकेको छ । गौतमले चुनाव लड्न प्युठानबाट इच्छा व्यक्त गरेका थिए तर गठबन्धनमा सहमति हुन नसकेको एक नेताले बताए । अहिले गठबन्धनमा प्युठान जनमोर्चाले लिने भन्दै आफ्नो दाबी छोड्न मानेको छैन । जनमोर्चाकै अडानका कारण गौतम चुनावी मैदानबाट बाहिरिने भएका हुन् । 

‘उहाँ चुनाव लड्ने तयारीमा हुनुहुन्न । चुनाव लड्ने गरी भेटघाट र छलफल समेत गर्नुभएको छैन’ गौतमका छोरा हरिश गौतमले भने, ‘यो पटकको चुनाव सायद उहाँ लड्नु हुन्न । आवश्यक परेका व्यक्तिलाई जिताउन भने सहयोग गर्न सक्नुहुन्छ ।’ तर, सत्ता गठबन्धनले उहाँ(गौतम)लाई आवश्यक ठानेमा भने चुनाव लड्न सक्ने गौतमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट