१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रलोभन देखाएर कम्बोडिया पठाउने मेनपावर सञ्चालकसहित तीन जना पक्राउ

११ आश्विन २०७९, मंगलवार ११:५०

असोज ११, काठमाडौं | कम्बोडियामा एक हजार अमेरिकी डलर कमाउने प्रलोभन देखाएर बैदेशिक रोजगारीमा पठाउने मेनपावर सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले सिनामंगलको आयुष ओभरसिज प्राइभेट लिमिटेडका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो। 

अवैध बिँडीसहित बैतडीमा तीन जना पक्राउ

व्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा धनुषा लक्ष्मीनिया-४ घर भई बालकुमारी बस्दै आएकी २२ वार्षीया राखी सिंह, महोत्तरी बथनाह-१ घर भई बत्तिसपुतली २९ वर्षीय दिवाकर झा र मेनपावर सञ्चालक सप्तरी रुपनी-१ घर भई सिनामंगल बस्ने ३५ वर्षीय उदित नारायण साह रहेका छन्। 

उनीहरुले   जाहेरवाला (परिवर्तित नाम)लाई कम्बोडिया पठाएका थिए। ३ लाख ८२ हजार लिएर उनीहरुले पीडितलाई दुबई, सिंगापुर हुँदै कम्बोडिया पठाएका थिए।

त्यहाँ पुग्दा एक चाइनिज कम्पनीमा बन्धक भई काम गर्नुपरेको पीडितले प्रहरीसमक्ष बताएका छन्। सो कम्पनीले ठगी काम गर्ने गरेको र जबर्जस्ती काममा लगाउने गरेको पीडितको भनाइ छ। 

पीडितलाई थारुल्यान्ड र कम्बोडियास्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल ल्याइएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट