राप्रपा नेपाल दाङ क्षेत्र नं. १ ले आज लमहीमा आयोजना गरेको हिन्दु जनजागरण वृहत जनसभालाई सम्वोधन गर्दै थापाले नेपालमा धर्म परिवर्तन ठुलो डर लाग्दो रोगको रुपमा फैलिन थालेको भन्दै धर्म परिवर्तन गराउन गाउँ छिर्न खोज्ने जो कोहीलाई पनि गाउँ प्रवेशमा रोक लगाउन अपील गरेका छन् । उनले हिन्दु धर्मलाई बलियो बनाउन हिन्दु धर्म भित्र रहेका गलत संस्कृति र परम्पराको अन्त्य गर्नु पर्ने बताए । जब सम्म हिन्दु धर्म भित्र भएका जातिय छुवाछुत, विभेद, अशिक्षा र बालबिबाह जस्ता गलत सस्कारको अन्त्य गदैनौँ तब सम्म हाम्रो सनातन हिन्दु धर्म बलियो हुन नसक्ने बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थापाले मन्दिरमा गएर पुजा गर्ने मात्र हिन्दु धर्म नभई मुलुकको राष्ट्रिय एकता र समृद्धको एउटा महत्वपूर्ण धराताल हिन्दु धर्म भएको बताए । उनले विश्वमा नेपालको पहिचान भेषभुषा, चालचलन, परम्परा, संस्कार हिन्दुत्व भएकोले अहिले हाम्रो मुलुक एकता, पहिचान र धर्म संकटमा परेको बताउँदै हिन्दु धर्म पुर्नस्थापनाका लागि सबै हिन्दु धर्म प्रेमी उठ्नु पर्ने बताए । उनले देशलाई आर्थिक, समाजिक र सांस्कृति रुपमा बलियो सनातन हिन्दु धर्मले नै बनाएको जिकिर गदै नेपाललाई हिन्दु राष्ट्र बनाउने हिन्दुत्वको धरातालमा समृद्ध राष्ट्र बनाउने अभियानमा लागेकोले सबैलाई सहयोग गर्न अपिल समेत गरे । हिन्दुत्व जागरण अभियानलाई हल्का रुपमा नलिन चेतावनी दिंदै अध्यक्ष थापाले राष्ट्रिय एकता संग जोडिएको हिन्दु धर्मलाई बचाउन अभियानलाई देशव्यापी शसक्त बनाउने समेत बताए ।
एक आर्को प्रस्रङ्गमा बोल्दै अध्यक्ष थापाले मधेसको समस्या नेपालको आन्तरिक समस्या भएको र वाह्य हस्तक्षेप स्विकार्य नहुने वताए । मधेसको समस्या सहमतिको आधारमा समाधान गर्न सकिने वताउँदै थापाले मधेसको केही समस्या यस अघिको सरकारले सम्वोधन गरीसकेको ले अब संविधान कार्यान्वय गर्न तर्फ लाग्नु पर्ने बताए । उनले यस अघि केपी वली नेतृत्वको सरकारमा रहँदा नेपाललाई भारतले लगाएको नाकावन्दीको समस्या समाधान गर्न आफु ६ महिनाको वीचमा ५ पटक सम्म भारत गएको अनुभव सुनाउँदै ९ महिने समयमा पनि ठुलो उपलब्धीमुलक कार्य गरेको दाबी गरे । स्थानीय निकायलाई वलियो वनाउन अनुदानमा पठाउने बजेट र सामाजिक सुरक्षा भत्तामा गरिएको दोब्बर वृद्धि लगायतका कार्य उदाहरणीय भएको बताए ।
राप्रपा नेपाल क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती विनोद केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय स्तरका नेताहरुले आमसभालाई सम्वोधन गरेका थिए । कार्यक्रममा महामन्त्रि राजेन्द्र लिङ्देल, धवलसमशेर राणा, केन्द्रिय सदस्य शुशिल श्रेष्ठ, चार नम्वर प्रदेशका संयोजक हेमजंग गुरुङ्ग, केन्द्रिय सदस्य रमानन्द न्यौपाने, भक्ति सिटौला, लिलाधर चौधरी, जिल्ला सभापती क्षेत्रबहादुर वस्नेत, वर्दिया जिल्ला सभापती गिता वस्नेत लगायतकाले सम्वोधन गरेका थिए । क्षेत्रिय उपाध्यक्ष महेश विसीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य उमाकान्त भण्डारी र राप्रपा नेपालकी क्षेत्रिय सदस्य हेमा थारुले गरेकी थिईन । यसैबीच राप्रपा नेपालले हिन्दु जनजागरण आमसभा लगत्तै लमहीमा भदौ २९ र ३० गते पाँच नम्वर प्रदेश स्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा लगायतका नेताहरुले पाँच नम्वर प्रदेशका जिल्लाका सभापती र नेताहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम जिल्ला सभापति क्षेत्रबहादुर वस्नेतले जानकारी दिएका छन् ।